कीवर्डहरू -

जीमेलले ल्यायो सेफ लिस्टिङ फिचर, अब इनबक्सको सुरक्षा र प्राथमिकता तपाईंको हातमा

जीमेलले ल्यायो सेफ लिस्टिङ फिचर, अब इनबक्सको सुरक्षा र प्राथमिकता तपाईंको हातमा

जीमेल प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राख्दै कम्पनीले नयाँ फिचर सार्वजनिक गरेको छ । जीमेलको सेफ लिस्टिङ फिचरले इनबक्सलाई आफ्नै अनुसार व्यवस्थापन गर्ने सुविधा दिनेछ । यसले प्रयोगकर्ताले महत्त्वपूर्ण इमेल गुमाउन नपर्ने सुनिश्चित गर्दछ ।

स्पेसिफिक इमेल एड्रेस वा डोमेनलाई सेफ लिस्टमा राखेर, प्रयोगकर्ताले महत्त्वपूर्ण ईमेजलाई स्प्याममा जाने वा अनदेखा हुनेबाट जोगाउन सक्छन् । यो फिचर कसरी उपयोगी हुन्छ, आउनुहोस्, बुझौं ।  

गुगलको यो नयाँ फिचरले परिवार, सेवा प्रदायक र विश्वसनीय प्रेषकहरूको साथमा सुरक्षा कायम राख्छ । प्रायः स्प्यामको कारणले गर्दा हामीले धेरै महत्त्वपूर्ण इमेल गुमाइरहेका हुन्छौँ, तर यो फिचरको सहायताले अब यस्तो हुँदैन् । यसले कुनै पनि स्पेसिफिक इमेल एड्रेस वा डोमेनलाई 'सेफ' श्रेणीमा राख्ने अनुमति दिनेछ ।  

सेफ लिस्टिङ भनेको के हो? 

सेफ लिस्टिङलाई ह्वाइटलिस्टिङको नामले पनि चिनिन्छ । जीमेलको यो सुविधा प्रयोगकर्तालाई इमेल एड्रेस वा डोमेनलाई सुरक्षित र भरोसायोग्यको रूपमा चयन गर्न अनुमति दिन्छ ।  

जब तपाईं कुनै इमेल एड्रेसलाई सेफको रूपमा लिस्ट गर्नुहुन्छ, त्यस प्रेषकको इमेल स्प्याम फोल्डरलाई बाइपास गरेर सिधै तपाईंको इनबक्समा पुग्छ । यसले तपाईंलाई महत्त्वपूर्ण इमेल छुट्ने अवस्थाबाट बचाउँछ ।  

जीमेलको यो फिचरले सुनिश्चित गर्छ कि विश्वसनीय स्रोतबाट आउने महत्त्वपूर्ण इमेल सिधै तपाईंको इनबक्समा डेलिभर होस् । यसले महत्त्वपूर्ण मेल गल्तीले स्प्याम फोल्डरमा जाने जोखिमलाई कम गर्दछ ।

यो कसरी काम गर्छ?  

उदाहरणका लागि, यदि तपाईं नयाँ क्लाइन्ट वा टिमका सदस्यबाट इमेलको आशा गरिरहनुभएको छ, तर ती व्यक्तिले पहिले तपाईंलाई सम्पर्क गरेका छैनन् भने जीमेलको स्प्याम फिल्टरले गल्तीले त्यो इमेललाई फ्ल्याग गर्न सक्छ । जसका कारण तपाईंलाई इमेल प्राप्त हुँदैन् ।  

यद्यपि जीमेलको एल्गोरिदमले तपाईंको इनबक्सलाई सुरक्षित राख्न प्रयास गर्दछ, कहिलेकाहीँ महत्त्वपूर्ण इमेल पनि स्प्याममा जान सक्छ । यस्तो अवस्थामा, यो फिचर निकै उपयोगी साबित हुन्छ ।