कीवर्डहरू -

जीमेलमा भएको स्टोरेज भरियो ? यसरी गर्नुहोस् खाली

जीमेलमा भएको स्टोरेज भरियो ? यसरी गर्नुहोस् खाली

यदि तपाई जिमेल प्रयोगकर्ता हुनुहुन्छ भने तपाईले पनि जिमेल आउट अफ स्टोरेज समस्याको सामना पक्कै पनि गर्नु भएको होला । यदि जीमेल भरिएको छ भने, तपाईंले नयाँ मेलहरू प्राप्त गर्नुहुने छैन् । 

यो समस्याबाट बच्न जीमेल प्रयोगकर्ताहरूले प्रायः सदस्यता लिन्छन्, जसको मासिक सदस्यता १.९९ डलरमा सय जीबी भण्डारण तीन महिनाको लागि दिइन्छ ।

तपाईंले २.९९ डलरप्रति महिनामा २०० जीबी भण्डारण र ९.९९ प्रति महिनामा एक टेराबाइट भण्डारण प्राप्त गर्न सक्नुहुन्छ । यदी तपाईको पनि जीमेल भरिएको छ भने आज हामी तपाईलाई खाली गर्ने तरिका जानकारी दिदैछौं । 

पहिलो तरिका

३० सेकेन्डमा १० एमबी फाइल चयन गरेर भण्डारण खाली गर्न सक्नुहुन्छ । यसका लागि सबैभन्दा पहिले आफ्नो जीमेल अकाउन्ट खोल्नुहोस् । यसपछि माथिको सर्च विकल्पमा जानुहोस् । 

अब has:attachment larger:10MB टाइप गरेर खोज्नुहोस् । यति गरेपछि तपाईले १० एमबी भन्दा बढी साइजका मेलहरू देख्नुहुनेछ ।

त्यसपछि तपाईले अनावश्यक मेलहरू डिलिट गर्न सक्षम हुनुहुनेछ जसको साइज ० एमबी भन्दा बढी छ ।
यसपछि तपाईको जीमेल स्टोरेज खाली हुनेछ ।

दोस्रो तरिका

सबैभन्दा पहिले गुगल सर्च बारमा जानुहोस् । यस पछि drive.google.com/#quota टाइप गर्नुहोस् ।यसपश्चात तपाईले ठूला साइज भएका मेलहरू देख्नुहुनेछ ।

यस पछि तपाईले त्यो फाइल मेटाउन सक्षम हुनुहुनेछ । यति गरेमा तपाईको जीमेल अकाउन्ट खाली हुनेछ ।