कीवर्डहरू -

बार्ड एडभान्स प्रयोग गर्न अब पैसा तिर्नुपर्ने

बार्ड एडभान्स प्रयोग गर्न अब पैसा तिर्नुपर्ने

गुगलले आफ्नो च्याटबट बार्ड एडभान्स प्रयोगका लागि शुल्क लिने भएको छ । अहिले परीक्षणमा रहेको बार्ड प्रयोग गर्न कुनै पैसा तिर्नु पर्दैन् । तर अब केही समयपछि बार्ड चलाउन शुल्क तिर्नु पर्नेछ । 

बार्ड एडभान्स भनेको अहिलेको बार्डको अपग्रेड भर्सन हो । अहिले परीक्षणमा रहेको बार्ड गूगलको वृहत मोडल जेमिनाई प्रोबाट सञ्चालित छ भने अब आउने बार्ड एडभान्स जेमिनाई अल्ट्राबाट सञ्चालित हुनेछ । 

अहिले बार्ड नि;शुल्क प्रयोग गर्न सकिन्छ । बार्ड अल्ट्रामा प्रयोग हुने  जेमिनाई अल्ट्रासँग उन्नत एआई टूलले टेक्स्ट, इमेज, अडियो, भिडियो र कोडसहित जटिल कार्यहरू गर्न सक्ने क्षमता रहेको छ ।

बार्ड एडभान्स प्रयोग गर्न गूगल शुल्क तिर्ने बताएपनि हालसम्म शुल्कको जानकारी भने सार्वजनिक गरेको छैन् । तर प्रति महिना १० देखि २० डलर सम्म हुन सक्ने अनुमान गरिएको छ ।