कीवर्डहरू -

भन्सार छलेर ल्याइएको १० लाख बराबरको मोबाइल एसेसरिज लगायतका सामान बरामद

भन्सार छलेर ल्याइएको १० लाख बराबरको मोबाइल एसेसरिज लगायतका सामान बरामद
सांकेतिक तस्वीर

पर्सामा सशस्त्र प्रहरी बलले १० लाख रुपैयाँ मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ। बरामद गरिएका सामानमा ‘मोबाइल एसेसरिज, मोटरपार्टस् तथा कस्मेटिक’ सामग्री रहेका छन्।

सशस्त्र प्रहरी बलका नायब उपरीक्षक नरेन्द्रसिंह धामीले सवारी साधनसहित भन्सार छलेर भित्र्याइएका सामान भन्सार कार्यालयलाई बुझाइएको जानकारी दिए।

गत असोज २३ गते पनि प्रहरीले  भन्सार छलेर गोदाममा राखेको रु २१ लाख २१ हजार आठ सय बराबरका कपडा बरामद गरेको थियो। रासस