पछिल्लो केही महिनादेखि विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईको बारेमा धेरै चर्चा भइरहेको छ । अमेरिकी कम्पनी ओपनएआईले च्याटबट सेवा च्यापजीपीटी लन्च गरेर नयाँ तरिकाले इन्टरनेट सर्च सेवा प्रयोग गर्ने विकल्प विश्वलाई देखाएपछि यसको चर्चा झन बढी छ ।
यस्तो अवस्थामा विश्वको सबैभन्दा लोकप्रिय सर्च इन्जिन गुगल कसरी पछि पर्न सक्थ्यो ? केही समयमै गूगलले एआई टेक्नोलोजी भएको च्याटबट सेवा जेमिनाई एआई सार्वजनिक गरेको थियो । अहिले आएर यसका केही सुविधाहरू विवादमा परेका छन् ।
जेमिनाई एआईमा समावेश गरिएका नयाँ सुविधाहरूको बारेमा धेरै विवादहरू पछि गुगलले आफ्नो जेमिनाई एआई च्याटबटको इमेज–जेनेरेसन सुविधामा अहिलेलाई रोक लगाएको छ ।
गूगलको जेमिनाईले केही ऐतिहासिक फोटोहरूमा गल्ती गर्दै अझै पनि आफ्नो एआई पूर्ण रूपमा भर पर्न मिल्ने नरहेको स्वीकार गरेको छ । यस बाहेक कम्पनीले चाँडै नै यस फिचरको राम्रो संस्करण लन्च गर्ने दाबी गरेको छ ।