कीवर्डहरू -

गूगलले आफ्नो सर्च रिजल्टमा परिवर्तन ल्याउँदै

गूगलले आफ्नो सर्च रिजल्टमा परिवर्तन ल्याउँदै

विश्वको सबैभन्दा लोकप्रिय सर्च इन्जिन गुगलले आफ्नो सर्च रिजल्टमा ठूलो परिवर्तन ल्याउन लागेको छ । रिपोर्टका अनुसार गुगलले आफ्नो सर्च रिजल्टको स्क्रोललाई बन्द गर्न गइरहेको छ ।

यद्यपि यो पूर्ण रूपमा बन्द हुनेवाला छैन, बरु यसमा केही प्रतिबन्धहरू लगाइनेछन् । गूगल सर्च रिजल्टमा हाल लगातार सर्च गर्ने विकल्प उपलब्ध छ । जब तपाईं गुगलमा कुनै चीज सर्च गर्नुहुन्छ, त्यसका रिजल्ट निरन्तर देखिइरहन्छन् र तपाईं स्क्रोल गर्दै जानुहुन्छ ।

गुगल अब यही निरन्तर स्क्रोलिङ फिचरलाई बन्द गर्न गइरहेको छ । अर्को शब्दमा भन्नुपर्दा, सर्च रिजल्टको पृष्ठ अब सानो हुनेवाला छ । गुगलले निरन्तर स्क्रोलको फिचर दुई वर्षअघि सुरू गरेको थियो ।

गुगलले भनेको छ कि कन्टिन्यूअस स्क्रोललाई मोबाइल र डेक्स्टप दुवैमा बन्द गर्न गइरहेको छ । यस फिचरलाई गूगलले मोबाइलको लागि सन् २०२१ मा सुरू गरेको थियो ।