कीवर्डहरू -

गूगलले सार्वजनिक गर्‍यो जेमिनाई एडभान्स, बार्डको नाम समेत परिवर्तन

गूगलले सार्वजनिक गर्‍यो जेमिनाई एडभान्स, बार्डको नाम समेत परिवर्तन

गूगलले आफ्नो एआई टुल ‘जेमिनाई एडभान्स्ड’ सार्वजनिक गरेको छ । जेमिनाई एडभान्स्ड सार्वजनिक भएसँगै बार्डको नाम पनि अब जेमिनाईमा परिवर्तन भएको छ । 

जेमिनाई कोडिङ र रचनात्मक कार्य गर्न समेत सक्षम हुनेछ । जेमिनाई वेबमा ४० भाषाहरूमा उपलब्ध छ । गूगलले जेमिनाईको एप समेत सार्वजनिक गरेको छ ।

एप सुरूमा अमेरिकाका प्रयोगकर्तालाई मात्रै उपलब्ध हुनेछ । एन्ड्रोइड प्रयोगकर्ताले जेमिनाई एप वा गूगल असिस्टेन्टबाट सेवा प्रयोग गर्न सक्ने छन् भने आईओएस प्रयोगकर्ताले गूगल एप मार्फत जेमिनाई सेवा प्रयोग गर्न सक्ने छन् । 

गूगल वान एआई प्रिमियम योजनाको सदस्यता लिएर जेमिनाई एडभान्स्ड प्रयोग गर्न सकिने छ ।