कीवर्डहरू -

गुगलले हटायो व्यवस्थापकीय स्तरका १० प्रतिशत कर्मचारी, ‘गूगलीनेस’ टर्म चर्चामा

गुगलले हटायो व्यवस्थापकीय स्तरका १० प्रतिशत कर्मचारी, ‘गूगलीनेस’ टर्म चर्चामा

गुगलले हालै मात्र व्यवस्थापकीय स्टाफका १० प्रतिशत कर्मचारीहरूलाई जागिरबाट हटाएको छ । कामको प्रभावकारिता र कर्पोरेट संस्कृतिमा सुधार ल्याउन चाहेको भन्दै १० प्रतिशत कर्मचारी हटाउने निर्णय गरेको हो ।

गुगलले गरेको यस ले–अफपछि 'गूगलीनेस’ टर्म निकै चर्चामा छ । बुधबार कम्पनीको वाइड मिटिङमा गुगलका सीईओ सुन्दर पिचाईले पनि गूगलीनेस  टर्मको उल्लेख गरेका थिए ।  

यसबाट म्यानेजर, डाइरेक्टर र भाइस प्रेसिडेन्ट तहका मानिसहरू यसबाट प्रभावित भएको उनले बताएका थिए । 

के हो गूगलीनेस ?

सामान्यतयाः गूगलीनेस टर्मको प्रयोग कर्मचारीको ती गुण र विशेषताहरू बताउनका लागि प्रयोग गरिन्छ, जसले उनीहरूलाई कुनै कम्पनीका लागि उपयुक्त बनाउँछ । यो टर्मले कुनै व्यक्ति कम्पनीका लागि कत्तिको फाइदाजनक भन्ने दर्शाउँछ ।

समयसँगै यस शब्दको अर्थ बदलिएको छ । अहिले यसको प्रयोग कर्मचारीको मूल्यांकन गर्नका लागि गरिन्छ, जसले कोही व्यक्ति कम्पनीको संस्कृतिसँग कत्तिको मिल्न सक्छ भन्ने कुरा मापन गर्दछ ।  

केही समयअघि गूगलीनेसलाई बौद्धिक विनम्रता, सहजता र मनोरञ्जनको भावका रूपमा प्रयोग गरिन्थ्यो । सन् २०१७ मा गुगलले आफ्नो हायरिङ प्रक्रियामा थुप्रै परिवर्तनहरू गर्दा यस टर्मको धेरै प्रयोग गरेको थियो ।  

हालैको मिटिङका क्रममा सुन्दर पिचाईले यस शब्दको अर्थ स्पष्ट पारेका छन् । गूगलीनेस भित्र केही महत्वपूर्ण कुराहरू समावेश हुने विशेषताहरूः

– कम्पनीका लक्ष्यलाई कत्तिको प्राथमिकता दिइन्छ ।  
– कर्मचारीको निर्णय क्षमता कस्तो छ ।  
– काम गर्ने क्रममा रमाइलो गर्ने क्षमता ।  
– यसमा टिमवर्कको पनि चर्चा गरिएको छ ।  
– गूगलीनेसमा भावनात्मक बुद्धिमत्ता पनि जाँचिन्छ ।  

गुगलमा भइरहेका यी परिवर्तनहरू कम्पनीका वर्कफोर्स पुनर्संरचना प्रयासहरूको हिस्सा हुन् । हालै भएको ले–अफ, केही दिनअघिको विज्ञापन र क्लाउड युनिट्समा गरिएको जागिर कटौती यसमा सबैभन्दा नयाँ उदाहरण हुन् । कम्पनीका यी निर्णयहरू एआईको दौडमा आफूलाई बनाएर राख्ने प्रयासको पनि हिस्सा हुन् ।