कीवर्डहरू -

गुगलको २०२५ रणनीति: जेमिनाई २.०, विलो चिप र एआई प्रभुत्वका लागि सुन्दर पिचाइको योजना

गुगलको २०२५ रणनीति: जेमिनाई २.०, विलो चिप र एआई प्रभुत्वका लागि सुन्दर पिचाइको योजना

गूगलका सिईओ सुन्दर पिचाईले सन् २०२५ मा कम्पनीको मुख्य उद्देश्य उल्लेख गर्दै एक ईमेल पठाएका छन् ।गुगलका सीईओ सुन्दर पिचाइले आफ्नो टिमलाई एउटा इमेल पठाएका हुन् । जसमा उनले ती कुराहरू उल्लेख गरेका छन्, जसमा कम्पनीले सन् २०२५ मा ध्यान केन्द्रित रहनेछ ।

यस इमेलमा नयाँ इनोभेसन र कम्पनीका हालसालका प्रोजेक्टहरूको बारेमा चर्चा गरिएको छ । साथै, ती कुराहरू पनि उल्लेख गरिएको छ, जुन यस वर्ष कम्पनीका लागि अत्यन्त महत्त्वपूर्ण रहनेछन् ।

सुन्दर पिचाइले इमेलमा लेखेका छन्,
“२०२५ सुरु भएसँगै मैले ती उपकरणहरू र प्रोडक्टहरू रिभ्यु गर्न सुरु गरेको छु, जसलाई हामी आगामी केही महिनामा सार्वजनिक डोमेनमा ल्याउँदैछौँ । मलाई पूर्ण विश्वास छ कि इनोभेसनका हिसाबले हामी यसरी नै अगाडि बढिरहनेछौँ ।”

पछिल्लो वर्ष डिसेम्बरमा गुगलले केही ठूला घोषणा गरेको थियो । हार्डवेयर र एआईको क्षेत्रमा कम्पनीले २०२४ मा धेरै ठूला कामहरू ग¥यो । अहिले कम्पनीको ध्यान ती कार्यहरूको दायरा अझै बढाउनमा रहेको छ ।
सुन्दर पिचाइले इमेलमा जेमिनाई २.० को बारेमा पनि उल्लेख गरेका छन्, जुन एजेन्टिक एरा का लागि डिजाइन गरिएको थियो ।

उनले विलो चिप को चर्चा गरेका छन्, जुन एक शक्तिशाली क्वान्टम चिप हो र जटिल कार्यहरू सजिलै सम्पन्न गर्न सक्षम छ । गुगलले गत वर्षनै डीप रिसर्च सुरू गरेको थियो, जुन जेमिनाई एड्भान्स्डमा उपलब्ध एउटा नयाँ फिचर हो ।

यो रिसर्च असिस्टेन्टको रूपमा उच्च कार्यक्षमता देखाउन सक्षम  छ। हार्डवेयरतर्फ गुगलले आफ्नो सिक्स्थ नेज टेन्सर पोसेसिंग युनिट (टीपीयू), ट्रिलियम, को उपलब्धताको घोषणा ग¥यो । यो टीपीयू विशेष गरी एआई कार्यभारका लागि डिजाइन गरिएको हो । यसलाई जेमिनी २.० को ट्रेनिङका लागि प्रयोग गरिएको थियो । अहिले यो गूगल क्लाउड प्रयोगकर्ताहरूका लागि उपलब्ध छ ।

गुगलले स्यामसङ र क्वालकमसँगको साझेदारीमा एन्ड्रोइड एक्सआर नामक नयाँ प्लेटफर्म पनि प्रस्तुत गरेको छ । आउँदो समयमा एन्ड्रोइड एक्सआरमा जेमिनाईलाई इंटिग्रेट गर्ने तयारी भइरहेको छ ।

हेडसेटका लागि युट्युब र गुगल म्याप्सजस्ता एपहरूलाई पुनः डिजाइन गरिँदैछ । गुगलले आफ्नो वीडियो र इमेज जेनरेशन मोडल भिओ २ र इमाजेन ३ का नयाँ भर्सन पनि सार्वजनिक गरेको छ, जसलाई २०२५ मा अझ धेरै सुधार गरिनेछ । 

यो वर्ष गुगलको मुख्य लक्ष्य एआईको क्षेत्रमा आफ्नो प्रभुत्व कायम गर्नु हुनेछ । तर, गुगलका लागि सबैभन्दा ठूलो चुनौती ओपन एआई हो, जसले च्याटजीपीटी जस्तो मोडल ल्याएर विश्वभर तहल्का मच्चाएको थियो ।