कीवर्डहरू -

गूगलले ७०० मिलियन डलर जरिवाना तिर्नुपर्ने

गूगलले ७०० मिलियन डलर जरिवाना तिर्नुपर्ने

सर्च इन्जिन गुगलले अमेरिकामा करिब ७०० मिलियन डलर जरिवाना तिर्नुपर्ने भएको छ । बजारमा एन्ड्रोइडको बलियो स्थितिको फाइदा उठाएको मुद्दामा अमेरिकाको अदालतले ७०० मिलियन डलर जरिवाना तिर्नुपर्ने जरिवाना सुनाएको हो ।  

यससँगै गुगलले आफ्नो प्ले स्टोरमा अन्य एप विकासकर्ताहरूलाई पनि राम्रो प्रतिस्पर्धा उपलब्ध गराउन सहमत भएको छ । सान फ्रान्सिस्कोको एक अदालतले गुगलले उपभोक्ताहरूका लागि सेटलमेन्ट कोषमा ७०० मिलियन डलर जम्मा गर्ने जनाएको छ ।

योसँगै राज्यहरूले सात करोड डलर पाउनेछन् । तर, यो निर्णय भने हुन बाँकी छ । आदेश अनुसार प्रत्येक ग्राहकले सेटलमेन्टमा न्यूनतम दुई डलर प्राप्त गर्नेछन् भने ग्राहकले अगस्त १६, २०१६ देखि सेप्टेम्बर ३०, २०२३ सम्म गुगल प्ले स्टोरमा खर्च गरेको रकम अनुसार थप रकम पाउने छन् । 

गुगलमाथि प्ले स्टोरमा उपलब्ध एप्सका लागि ग्राहकबाट बढी पैसा लिएको आरोप लागेको थियो । यसका लागि यसले गैरकानूनी प्रतिबन्ध लगाएको छ र एप्स वितरणमा पनि भेदभाव गरिरहेको पाइएको छ ।

गुगलले एप भित्रै लेनदेन गर्नका लागि ग्राहकबाट अनावश्यक शुल्क लिएको आरोप पनि लागेको छ । यसअघि गुगलले ‘फोर्टनाइट’ गेमको निर्माता ‘एपिक गेम्स’सँग पनि यस्तै मुद्दा लडिरहेको थियो । क्यालिफोर्नियाको एक अदालतले यस मामिलामा गत हप्ता मात्र गुगलको एप व्यवसाय प्रतिस्पर्धा विरोधी भएको आदेश दिएको थियो ।