कीवर्डहरू -

गूगलको जेमिनाई च्याटबट अब सबै एन्ड्रोइड प्रयोगकर्ताहरूलाई निःशुल्क उपलब्ध हुने

गूगलको जेमिनाई च्याटबट अब सबै एन्ड्रोइड प्रयोगकर्ताहरूलाई निःशुल्क उपलब्ध हुने

गूगलले आफ्नो जेमिनाई एआई–पावर्ड असिस्टेन्टलाई सबै एन्ड्रोइड प्रयोगकर्ताहरूलाई निःशुल्क उपलब्ध गराउँदैछ । कम्पनीले गत महिनामा पिक्सेल ९ सिरिजसँगै गूगल जेमिनाई एआई एपलाई सार्वजनिक गरेको थियो ।

जेमिनाई एपमा आएको यो नयाँ फिचरले प्रयोगकर्ताहरूलाई च्याटबटसँग कुराकानी गर्ने अनुमति दिनेछ । गूगल जेमिनाई एपले एक्समा पोस्ट गरी सबै एन्ड्रोईड प्रयोगकर्ताहरूका लागि गूगल जेमिनाई च्याटबट निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । तर आईफोन प्रयोगकर्ताहरूले अहिलेसम्म जेमिनाई लाइभको निःशुल्क संस्करणको प्रयोग गर्न सक्ने छैनन् ।

गूगल जेमिनाई एपलाई इन्स्टल गरेपछि प्रयोगकर्ताहरूले यस च्याटबटको निःशुल्क प्रयोग गर्न सक्नेछन् । पहिले यो च्याटबट केवल जेमिनाई एभान्स्ड सब्सक्राइबरहरूको लागि मात्र उपलब्ध थियो । हालका लागि, जेमिनाई लाईभ च्याटबट केवल अंग्रेजीमा उपलब्ध छ । 

चाँडै नै निःशुल्क जेमिनाई लाइभ च्याटबोटले अन्य भाषाहरूलाई पनि समर्थन गर्ने आशा गरिएको छ । यसले एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताहरूलाई गूगल जेमिनाई लाइभ एआई असिस्टेन्टसँग कुराकानी गर्न सक्षम बनाउने छ । 

गूगल जेमिनाई च्याटबोटको मद्दतले तपाईंले अनलाइन खोज्नलाई अझै सजिलो बनाउन सक्नुहुनेछ । जस्तै तपाईं जेमिनाईलाई अटोमेटिक मोडमा कमाण्ड दिएर कुनै पनि कुरा खोज्न वा यसको उत्तर सोध्न सक्नुहुनेछ ।

नाइन टू फाइभको रिपोर्ट अनुसार, जेमिनाई लाइभ  फिचर सबै स्मार्टफोनहरूमा जेमिनाई एप्लिकेसनको माध्यमबाट उपलब्ध हुनेछ । जेमिनाई एपमा तल दायाँ कुनामा स्पार्कल आइकनको साथ नयाँ गोलाकार बटनद्वारा यसलाई पहुँच गर्न सकिनेछ ।

जब पनि प्रयोगकर्ताहरूले आइकनमा ट्याप गर्छन्, स्क्रिनको तल ’होल्ड’ र ’एन्ड’ बटनको साथमा डिस्प्ले देखा पर्नेछ । च्याटबटसँगको कुराकानी समाप्त गर्न, तपाईंले नोटिफिकेसन सेक्शनमा गई ’स्टप’ मा क्लिक गर्नुपर्नेछ ।