कीवर्डहरू -

माइक्रोसफ्ट कोपाइलटमा नयाँ अपग्रेड, जीपीटी ४ टर्बो अब निःशुल्क प्रयोग गर्न सकिने

माइक्रोसफ्ट कोपाइलटमा नयाँ अपग्रेड, जीपीटी ४ टर्बो अब निःशुल्क प्रयोग गर्न सकिने

अब माइक्रोसफ्ट कोपाइलटमा निःशुल्क जीपीटी ४ टर्बो प्रयोग गर्न सकिने भएको छ ।

माइक्रोसफ्टले एआई एसिस्टेन्ट कोपाइलटलाई ओपन एआईको जीपीटी ४ टर्बो मोडलमा अपग्रेड गरेको हो । 

नयाँ अपग्रेडसँगै प्रयोगकर्ताले कुनै पनि शुल्क नतिरेर जीपीटी ४ टर्बो चलाउन सक्ने छन् । यसअघि कोपाइटमा प्रो प्रयोगकर्तालाई मात्रै जीपीटी ४ टर्बोको सुविधा उपलब्ध थियो । 

अब कोपाइलटका निःशुल्क प्रयोगकर्ताले सिधैं पीटी ४ टर्बो प्रयोग गर्न पाउने छन् । तर प्रो प्रयोगकर्ताले भने टगल अन गरेर जीपीटी ४ टर्बो अन-अफ गर्न सक्ने छन् । 

जीपीटी ४ टर्बोमा अप्रिल २०२३ सम्मको डेटालाई ट्रेन गरिएको छ ।