कीवर्डहरू -

गेमिङ उद्योगमा मानिसको आवश्यकता समाप्त हुँदै, एआईले बनाउँदै ग्राफिक्स

गेमिङ उद्योगमा मानिसको आवश्यकता समाप्त हुँदै, एआईले बनाउँदै ग्राफिक्स

पछिल्लो समय गेमिङको बजार तीव्र रूपमा बढिरहेको छ । तर तीव्र रूपमा बढ्दै गरेको गेमिङ उद्योगमा समेत एआईले प्रभाव पर्ने भएको छ ।

एक नयाँ रिपोर्ट अनुसार एआईका कारण गेमिङ उद्योगमा मानिसहरूको आवश्यकता समाप्त हुँदे गएको छ । गेमिंग उद्योगमा सबैभन्दा बढी काम ग्राफिक्स र इन्टरफेससँग सम्बन्धित हुन्छ ।

अब ग्राफिक्स र इन्टरफेससँग सम्बन्धित काम मानिसको सोटो एआईले राम्रोसँग गर्ने रिपोर्टमा उल्लेख गरिएको छ । रिपोर्ट अनुसार गेमलाई विकास गर्ने कम्पनीहरू ग्राफिक्स र आर्ट्सको लागि जेन एआई टूल जस्तै मिडजर्नी र ड्यालईको प्रयोग गरिरहेका छन् ।

गेमिंग स्टुडियोहरूले नयाँ भर्नाको संख्या निकै कम गरेका छन् । मानिसहरू एआईकैका कारण बेरोजगार भएका छन् ।

यस वर्षको केवल ६ महिनामा एआईका कारण ११ हजार मानिसहरूको रोजगारी गुमेको छ । यस सर्वेमा ३०० सिईओ र कम्पनीका ठूला म्यानेजरहरू सहभागी थिए । लगभग ९० प्रतिशत गेमिंग कम्पनीहरूले एआईलाई काममा लगाएका छन् । एआईले हरेक क्षेत्रमा प्रभाव पार्न थालेको छ ।