कीवर्डहरू -

हाइड्रोजनको व्यवसायिक उत्पादन गर्ने बाटो खुल्यो, पीपीए गर्नु नपर्ने र ह्विलिङ चार्ज नलाग्ने

खुल्न सक्छ समृद्धिको ढोका

हाइड्रोजनको व्यवसायिक उत्पादन गर्ने बाटो खुल्यो, पीपीए गर्नु नपर्ने र ह्विलिङ चार्ज नलाग्ने

नेपालमा हाइड्रोजनको व्यवसायिक उत्पादन तथा प्रयोग गर्ने बाटो खुलेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ग्रीन हाइड्रोजन उत्पादन तथा प्रयोग सम्बन्धि नीति पारित गरेसँगै नेपालमा हाइड्रोजनको व्यवसायिक उत्पादन तथा प्रयोग गर्ने बाटो खुलेको हो । 

काठमाडौं विश्वविद्यालय (केयु) को ग्रीन हाइड्रोजन ल्याबका प्रमुख डा. विराज सिंह थापाले ग्रीन हाइड्रोजन सम्बन्धि नीति पारित भएसँगै हाइड्रोजनको व्यवसायिक उत्पादन तथा प्रयोग गर्ने बाटो खुला भएको बताए । 

‘बुधबार ग्रीन हाइड्रोजन सम्बन्धि नीति मन्त्रिपरषिद्बाट पारित भएको छ । यो नीति आवश्यक पनि थियो,’ उनले आईसीटी समाचारसँग भने, ‘अब नीति अनुसार कानुनहरू बन्नु पर्छ ।’

ग्रीन हाइड्रोजन उत्पादन तथा प्रयोग सम्बन्धि नीतिको मस्यौदा समितिमा काठमाडौं विश्वविद्लायबाट विज्ञको रूपमा विराज सिंह थापा समेत सहभागी भएका थिए । 

null

ग्रीन हाइड्रोजन नीतिमा हाइड्रोपावरको जस्तै सुलभ करको व्यवस्था राख्ने र नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता (पीपीए) नगरेपनि हाइड्रोजन उत्पादन गर्न सकिने व्यवस्था गरिएको छ । 

हाइड्रोपावरको जस्तै सुलभ कर नीति अपनाउने र नेपाल विद्युत प्राधिकरणसँग पीपीए नगरेरै हाइड्रोजन उत्पादन गर्न सकिने व्यवस्था नीतिमा राखिएको थापाको भनाइ छ । अहिलेसम्म हाइड्रोपावर बनाउनका लागि प्राधिकरणसँग पीपीए गर्नुपर्ने व्यवस्था रहेको छ ।

यस्तै हाइड्रोजन उत्पादनलाई सरकारको प्रशारण लाइनमा जोड्न ह्विलिङ चार्ज (प्रसारण दस्तुर) नलाग्ने व्यवस्था समेत नीतिमा गरिएको छ । ह्विलिङ चार्ज बिना सरकारी प्रसारण लाइनमा हाइड्रोजनको उत्पादन जोड्ने व्यवस्था पनि नीतिमा समावेश भएको उनले जानकारी दिए । 

नेपालमा हाइड्रोजन उत्पादनको अपार सम्भावना रहे पनि नीतिको अभावमा यसतर्फ लगानी आकर्षित भइरहेको थिएन् । नीतिमा हाइड्रोजन उत्पादनका लागि वैदेशिक लगानी सँगसगै स्वेदेशी लगानीका लागि पनि उपयुक्त वातावरण सिर्जना गर्ने विषय समावेश गरिएको छ । 

नीति आएसँगै नेपालमा हाइड्रोजनको व्यवसायिक उत्पादन र प्रयोगमा सुलभ तरिकाले स्वदेशी तथा विदेशी लगानीको वातावरण सिर्जना गर्ने थापाको विश्वास छ ।   

हाइड्रोजनले खोल्न सक्छ संवृद्धिको ढोका 

कुनै समय गरिवीको भूमरिमा रूमलिएका खाडी मुलकहरू ग्यास, पेट्रोल, डिजेल जस्ता इन्धनको बिक्री गरेर विकसित मुलुकको दर्जामा आइसकेका छन् । अहिले नेपालले वर्षमा करिब ४ खर्ब बराबरको जीवाश्म इन्धन (ग्यास, पेट्रोल, डिजेट, कोइला) खरिद गर्छ । 

जीवाश्म इन्धन आयात कम गर्दै बिजुलीबाट हाइड्रोजन निकालेर विस्तारै इन्धन खरिद गर्न विदेशिएको ४ खर्ब रकम नेपालमा राख्न सकिन्छ । नेपालसँग भएको पानी र बिजुली प्रयोग गरेर हाइड्रोजन उत्पादन गरेमा जीवाश्म इन्धन खरिदका लागि बाहिरिएको रकम स्वदेशमै राख्न सकिने थापाले बताए ।

‘हामीसँग हाइड्रोजन उत्पादन गर्ने पानी र बिजुली प्रशस्त छ । हाइड्रोजन उत्पादन गरेर नेपालले विश्वलाई हाइड्रोजन बेच्न सक्छ,’ थापा विश्वस्त हुँदै भन्छन्, ‘जसरी पेट्रोल, डिजेबाट खाडी मुलुक धनी भए, त्यसरी नै नेपाल हाइड्रोजन इन्धन बेचेर धनी हुन् सक्छ ।’

null

विश्वले यतिबेला हाइड्रोजनमा आफ्नो ध्यान केन्द्रित गर्न थालिसकेको छ । सस्तो मूल्यमा ग्रीन हाइड्रोजन उत्पादन गर्न कसरी सकिन्छ भन्नेमा विश्वका विभिन्न देशले अध्ययन गर्न सुरू गरिसकेका छन् । भविष्यमा सवारीसाधनदेखि उद्योगिक काममा हाइड्रोजन उर्जा वैकल्पिक उर्जा हुनेमा वैज्ञानिकहरूको भनाइ छ ।

नेपालले पनि यसको फाइदा उठाएर हाइड्रोजन इन्धन बेच्न सके समग्र देशलाई अर्को दिशामा लैजान सक्छ । यसले सम्वृद्धिको नयाँ ढोका खोल्न सक्छ । तर त्यसका लागि अहिलेदेखि नै काम गर्नुपर्ने र आवश्यक कानुनहरू छिटोभन्दा छिटो बनाउनु पर्ने थापाको विचार छ । सस्तोमा हाइड्रोजन उत्पादनका लागि नेपाल विश्वकै उत्कृष्ट ५ देशमा पर्ने अन्त्रराष्ट्रिय उर्जा एजेन्सीले उल्लेख गरेको छ ।

अहिले विश्व बजारमा औसत हाइड्रोजनको मूल्य प्रतिकिलो ५ अमेरिकी डलर छ । एक किलोग्राम हाइड्रोजनले २ सय किलोमिटरसम्म चल्छ । नेपालमा कति लाग्छ भन्ने कुरा एकीन छैन् । तर नेपालमा ५ डलरभन्दा तलमा हाइड्रोजन निकाल्न सकिने उनको अनुमान छ । 

काठमाडौं विश्वविद्यालयमा हुँदैछ अध्ययन

हाइड्रोजन इन्धनबारे काठमाडौं विश्वविद्यालयले केही वर्षदेखि यसको अध्ययन अनुसन्धान गरिरहेको छ । विश्वविद्यालयले ग्रीन हाइड्रोजन ल्याब स्थापना गरेर यसमा काम गरिरहेको छ । 

केयुले केही समय अगाडि परीक्षणका लागि नेपालमै पहिलो पटक हाइड्रोजन इन्धनबाट चल्ने कार र रिफिलिङ स्टेशन नेपाल भित्र्याएको थियो । केही समयमै त्यसको परीक्षण समेत सुरू हुनेछ । 

हाइड्रोजनले देशलाई सम्वृद्धिको दिशामा लैजान सक्छ भनेरै देशलाई झकझकाउनका लागि केयुले अनुसन्धान गर्न थालेको थापा बताउँछन् ।