कीवर्डहरू -

ह्याकरहरूले माइक्रोसफ्ट टिम्सलाई ह्याकिंगका लागि प्रयोग गर्दै

ह्याकरहरूले माइक्रोसफ्ट टिम्सलाई ह्याकिंगका लागि प्रयोग गर्दै

साइबर अपराधीहरूले भिडियो कन्फरेन्सिङ प्लेटफर्म माइक्रोसफ्ट टिम्स प्रयोग गरेर नयाँ प्रकारको मालवेयर आक्रमणहरू सुरु गर्दैछन् ।  

एटि एण्ड टी साइबरसेक्युरिटी रिसर्चको रिपोर्ट अनुसार, ह्याकरहरूले माइक्रोसफ्ट टिम्स ग्रुप च्याट रिक्वेस्टलाई नयाँ फिसिङ आक्रमणको रूपमा प्रयोग गर्दैछन् जसले पीडितहरूको प्रणालीमा डार्कगेट मालवेयर पेलोड इन्स्टल गर्छ ।

एक पटक पीडितको प्रणालीमा मालवेयर इन्स्टल भएपछि, यसले यसको कमाण्ड–एन्ड–कन्ट्रोल सर्भरलाई सम्पर्क गर्नेछ । रिपोर्टका अनुसार ह्याकरहरूले माइक्रोसफ्ट टिम्समा फिसिङ अभियान चलाए ।

माइक्रोसफ्टले पूर्वनिर्धारित रूपमा प्रयोगकर्ताहरूलाई एकअर्कालाई मेसेज पठाउन अनुमति दिन्छ, जसको फाइदा उठाउँदै ह्याकरहरूले यो अभियान सुरु गरे । प्यालो अल्टो नेटवर्कले प्रयोग गरिएको सर्भर डार्कगेट मालवेयरको अंश हो भनेर निर्धारण गरेको छ ।