कीवर्डहरू -

हायर बन्यो विश्वकै नम्बर १ होम एप्लायन्स ब्रान्ड

हायर बन्यो विश्वकै नम्बर १ होम एप्लायन्स ब्रान्ड

होम एप्लायन्स ब्राण्ड “हायर” विश्वको नम्बर १ ब्राण्ड घोषित भएको छ । बजार अनुसन्धान संस्था युरोमोनिटर इन्टरनेशनलको पछिल्लो तथ्यांङ्क अनुसार बिक्री परिमाणका आधारमा हायर होम एप्लायन्समा पुनः एकपटक विश्वकै अग्रणी ब्रान्ड बन्न सफल भएको हो । यो सँगै हायर ब्राण्डले विगत १७ वर्षदेखिको आफ्नो यो ऐतिहासिक सफलतालाई कायम राख्न सफल भएको छ ।

विश्वभरका प्रयोगकर्ताहरूको अटुट विश्वास र सद्भावका कारण हायरले लगातार १७ वर्षदेखि यो ऐतिहासिक सफलता कायम राख्न सफल भएको हो । युरोमोनिटर इन्टरनेशनलले जारी गरेको सन् २०२५ को तथ्यांङ्क अनुसार बिक्रीका आधारमा रेफ्रिजेरेटर तर्फ विगत १८ वर्ष देखि हायर विश्वकै नम्बर एक ब्राण्ड बन्दै आएको छ । भने, वासिङ मेसिनमा १७ वर्षदेखि र वाइन कुलरतर्फ विगत १६ वर्षदेखि हायरका उत्पादन लगातार विश्वको नम्बर १ प्रोडक्टका रुपमा स्थापित छन् । त्यतिमात्रै नभएर हायर ब्राण्डको फ्रिजर बिक्रीका आधारमा विगत १५ वर्षदेखि विश्वकै नम्बर १ प्रोडक्टको रुपमा कायम छ । 

“ग्राहकको भावना बुझ्ने र उत्पादनमा नवीनता ल्याउने प्रयास हायरको यो निरन्तर सफलताको रहस्य हो । हामी प्रयोगकर्ताहरूलाई सधैं केन्द्रमा राखेर प्रयोगकर्ताकै आवश्यकता अनुसारका समाधानहरू उपलब्ध गराउँन तत्पर छौं । हायरले ग्राहकका कुराहरू ध्यान दिएर सुन्छ,”  कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ । 

उदाहरणका लागि, सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले साना लुगाहरू धुने छुट्टै ठाउँ आवश्यकता देखाउँदै कमेन्ट गर्ने गरेको देखेपछि कम्पनीले , ‘मल्टी ड्रम’ वासिङ मेसिनको आविस्कार गरेको थियो । 

यसका साथै, मौसमका हिसाबले सँधै चिसो हुने ठाउँमा त्यहीअनुसारको वासिङ मेसिन, ऊर्जा खपत कम चाहिने ठाउँमा सोही अनुसारको प्रविधिलाई कम्पनीले अवलम्बन गरेको छ । यसले ग्राहकको सुझाव र स्थानीय आवश्यकतालाई कम्पनीले कसरी विश्वव्यापी प्रविधिसँग जोड्दै अघि बढी रहेको छ भन्ने प्रस्ट पार्छ  ।

हायरले वातावरण र समाजप्रतिको आफ्नो जिम्मेवारीलाई पनि विशेष प्राथमिकता दिएको छ । हायर स्मार्ट होमले सन् २०५० सम्म आफ्ना उत्पादनहरु कार्बन रहित बनाउने लक्ष्य राखेको छ । यसका साथै कम्पनीले आफ्ना हरेक गतिविधिहरूमा शतप्रतिशत नवीकरणीय ऊर्जा प्रयोग गर्ने गरी काम गरिरहेको छ ।

हायरले हासिल गरेको यो ठूलो उपलब्धि पछाडी यसमा काम गर्ने कर्मचारीको ठुलो योगदान छ । हाल विश्वका २०० भन्दा बढी देशका १ अर्बभन्दा बढी घरपरिवारलाई हायरले सेवा दिइरहेको छ । प्रयोगकर्ताहरूको अनुभव र सुझावलाई नै मुख्य मार्गदर्शक मान्दै हाइअरले आगामी दिनमा पनि नवीनता र सेवामा नयाँ उचाइ हासिल गर्दै अघि बढ्ने लक्ष्य लिएको छ ।