कीवर्डहरू -

मानिस र रोबोटबीच हाफ-म्याराथन प्रतियोगिता, जित्यो कसले ?

मानिस र रोबोटबीच हाफ-म्याराथन प्रतियोगिता, जित्यो कसले ?

बेइजिङलेमा आयोजना भएको हाफ-म्याराथनमा मानिस र रोबोटले सँगै प्रतिस्पर्धा गरेका छन् ।  म्याराथनमा दुई खुट्टामा हिँड्न सक्ने रोबोटहरूले मानिस धावकहरूसँगै दौडिन पाउने मौका पाएका थिए । 

यी रोबोटहरूलाई मानिस अपरेटरहरूले साथ दिइरहेका थिए तर अधिकांश रोबोटहरूलाई पूरा ट्र्याक पार गर्नै मुस्किल परेको थियो । हाफ म्याराथनमा १३ माइलको दूरी चार घण्टाभित्र पूरा गर्नुपर्ने थियो । 

ब्लूमबर्गको रिपोर्ट अनुसार, एक रोबोट सुरुको लाइनमै लडेको थियो । अर्कोको त टाउको नै झरेको थियो र भुइँमा लड्दै गयो । अनि एउटा त पूरै टुक्रा-टुक्रा भएर ढलेको थियो । सुरक्षाको उपायस्वरूप, मानिस र रोबोटबीच एक छुट्टै बार लगाइएको थियो, जसले दौडको ट्र्याकलाई दुई भागमा विभाजन गरेको थियो । 

२० वटा रोबोटहरूले दौडमा भाग लिएका थिए, जसमश्ये ६ वटा कम्पनीले मात्रै रेस पूरा गरेका थिए । २१ वटा रोबोट मध्येमा बेजिङ ह्युम्यानोइड रोबोट इन्नोभेसन सेन्टरको रोबट टायनगोङ अल्ट्रा विजेता भएको छ । पाँच फिट १० इन्च अग्लो टायनगोङ अल्ट्रा नामको रोबोटले दौड पूरा गर्न २ घण्टा ४० मिनेट लिएको थियो, जुन मानिस धावकहरूको समयको दोब्बर हो ।

The humanoid robot half-marathon in Beijing just started! pic.twitter.com/8vr2nXQwuR

— The Humanoid Hub (@TheHumanoidHub) April 19, 2025

टीमहरूलाई दौडको क्रममा ब्याट्री फेर्ने अनुमति दिइएको थियो, टायनगोङ अल्ट्रा तेस्रो ब्याट्रीमा दौड पूरा गर्न सफल भएको थियो । र चाहेका बेला रोबोट परिवर्तन गर्ने विकल्प पनि थियो, यद्यपि त्यसमा समयको सजाय लाग्ने प्रावधान थियो ।

टायनगोङ अल्ट्राको साथै, नोएटिक्स रोबोटिक्सको एन २, गुन्डम प्रेरित रोबोट ‘महिला-जस्तो देखिने’ ह्वान ह्वान र ३० इन्च अग्लो लिटिल जायन्ट (स्थानिय कलेज विद्यार्थीहरूले बनाएको) रोबोटहरूले पनि भाग लिएका थिए ।

यीमध्ये धेरै रोबोटहरूले त दौडनका लागि मानिसले जस्तै जुत्तासमेत लगाएका थिए । मानिस र रोबोटबीच हाफ-म्याराथन प्रतियोगितामा विजेता भने मानिस धावक भएका छन् ।