कीवर्डहरू -

ओपनएआईद्वारा सोरा एआई टूल सार्वजनिक, प्रम्प्टबाटै एचडी भिडियो बनाउन सकिने

ओपनएआईद्वारा सोरा एआई टूल सार्वजनिक, प्रम्प्टबाटै एचडी भिडियो बनाउन सकिने

च्याटजीपीटीको कम्पनी ओपन एआईले आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो भूमिकाको बीचमा अर्को नयाँ एआई टूल सार्वजनिक गरेको छ । यसको नाम सोरा राखिएको छ ।

पहिले प्रम्प्टको आधारमा च्याटजीपीटीमा जवाफ पाउन सकिन्थ्यो भने अब प्रयोगकर्ताहरूले सोरामार्फत प्रोम्प्टको आधारमा मात्र भिडियो जेनेरेट गर्ने सुविधा पाउनेछन् ।

ओपन एआईका सीईओ साम अल्टम्यानले क्याप्सनसहित प्रम्प्ट दिएपछि सोराले भिडियो बनाउन सुरू गर्ने बताए । 

यसमा भिडियो जेनेरेट गर्न फोटो वा कुनै प्रकारको क्लिप प्रयोग गर्नु पर्दैन् । त्यस्ता धेरै उपकरणहरू पहिले नै बजारमा उपलब्ध छन्, जसले भिडियोहरू सिर्जना गर्न र प्रयोगकर्ताहरूलाई केवल प्रम्प्टको आधारमा भिडियो दिन सक्छन् । तर, ओपनएआइ सोरा यी सबैभन्दा फरक छ ।

यसमार्फत, प्रयोगकर्ताहरूले कुनै क्लिप वा फोटो बिना एचडी भिडियो बनाउन सुविधा प्राप्त गर्नेछन् । यो एआईले एक मिनेटसम्मको भिडियो प्रम्प्टहरू सिर्जना गर्न दिनेछ ।