कीवर्डहरू -

नमस्ते पेबाट प्लेन टिकट काट्दा १०० रूपैयाँ क्यासब्याक

नमस्ते पेबाट प्लेन टिकट काट्दा १०० रूपैयाँ क्यासब्याक

नमस्ते पे मार्फत उडान टिकट बुक गर्ने यात्रुलाई सुपथ मूल्यमा उडान टिकट प्रदान गर्ने उद्देश्यले नमस्ते पेले नयाँ अभियान सुरु गरेको छ । यो अभियान मंसिर १५ देखि पुस १४ सम्म चल्ने छ ।

यस अनुसार नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तत्कालै १०० रूपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन्। यात्रुले जति धेरै टिकट खरिद गर्नेछन्, उति नै बढी क्यासब्याक प्राप्त गर्ने कम्पनीको भनाइ छ । 

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा सञ्चालित नेपाल डिजिटल पेमेन्ट्स कम्पनीले ‘नमस्ते पे’ सञ्चालन गरिरहेको छ ।