कीवर्डहरू -

हाइलोङ ब्रान्डको विद्युतीय माइक्रो भ्यान नेपालमा आउँदै

हाइलोङ ब्रान्डको विद्युतीय माइक्रो भ्यान नेपालमा आउँदै

नेपाली बजारमा चीनमा निर्मित हाइलोङ ब्रान्डको विद्युतीय माइक्रो भ्यान भित्रिने भएको छ । बजारको आवश्यकता र विद्युतीय सवारीप्रति बढ्दो मागलाई दृष्टिगत गर्दै आर्क्स ग्रुपद्वारा हाइलोङ ब्रान्डको विद्युतीय माइक्रो भ्यान भित्र्याउन लागेको हो । 

मध्यम तथा छोटो दूरी, स्कूल, अस्पताल, पर्यटन प्रयोजनमा सञ्चालन  गर्न उपयुक्त हुने १४ सिट क्षमताको माइक्रो भ्यान सीघ्र बजारमा उपलब्ध हुने आर्क्स ग्रेुपले जनाएको छ ।  

हाइलोङ अटोमोबाइल ब्राण्डका गाडीहरु चीन लगायत दक्षिण कोरिया, मलेसिया, थाइल्याण्ड, कम्बोडिया र लाओसमा बिक्री हुँदै आएका छन् । 

हाइलोङको स्थानीय साझेदार आर्क्स ग्रुप ४५ वर्षदेखि नेपालको विभिन्न क्षेत्रमा गतिशील व्यावसायिक समूहको रूपमा स्थापित रहँदै आएको छ । यस ग्रुपसँग अटोमोबाइल क्षेत्रमा २५ वर्षको अनुभव रहेको छ ।