कीवर्डहरू -

नेपालको सबैभन्दा धेरै डिजिटल कारोबार गर्ने  भुक्तानी  सेवा  प्रदायकको रुपमा खल्ती सम्मानित

नेपालको सबैभन्दा धेरै डिजिटल कारोबार गर्ने  भुक्तानी  सेवा  प्रदायकको रुपमा खल्ती सम्मानित

एनसीएचएल (नेपाल क्लिअरिङ्ग हाउस लिमिटेड) को १५ औं वार्षिकोत्सवको अवसरमा नेपालको अग्रणी डिजिटल वालेट खल्तीलाई सबै भन्दा धेरै डिजिटल कारोबार गर्ने भुक्तानी सेवा प्रदायक (पीएसपी) को रुपमा सम्मानित गरिएको छ। 

तत्काल सुरक्षित र भरपर्दो अनलाइन भुक्तानी सेवाहरु  प्रदान गर्ने प्रतिबद्धताका लागि परिचित खल्ती नेपालको डिजिटल भुक्तानी परिदृश्यमा अग्रणी  संस्थाको  रूपमा देखा परेको छ । मोबाइल रिचार्ज, बिल भुक्तान र टिकट बुकिंगसहित सेवाहरूको विस्तृत श्रृंखलाको साथ खल्ती देशमा वित्तीय समावेशीकरणलाई बढावा दिन अग्रणी भूमिका  निर्वाह  गरिरहेको छ । 

युवा पुस्तामा  निकैनै  लोकप्रिय  खल्ती  डिजिटल  वाल्लेटले  पछिल्लो  समय  Movie/ Event  टिकेटिङ , क्यापिटल मार्केटको  भुक्तानी , विभिन्न  सरकारी  सेवाहरुको  भुक्तानीमा  समेत  अब्बल रुपमा  काम  गर्दै  आहिरहेको  छ ।

सम्मान प्रति कृतज्ञता ज्ञापन  गर्दै खल्तीका प्रमुख  कार्यकारी  अधिकृत  बिनाय खड्काले नेपालमा वित्तीय समावेशीकरण सिर्जना गर्ने भिजनका  साथ सुरू गरिएको खल्ती  डिजिटल  वालेटले  अज्जै नवीनतम  सेवा  तथा  सुविधाहरु  ल्याई  निर्बाध डिजिटल भुक्तानीका   समाधानहरू प्रदान गर्ने प्रतिबद्ता व्यक्त गरे ।