कीवर्डहरू -

गूगलको इतिहास: स्थापना, गूगल इमेज र जीमेलको रोचक कथा

गूगलको इतिहास: स्थापना, गूगल इमेज र जीमेलको रोचक कथा

गुगलको नामसँग सबै इन्टरनेट प्रयोगकर्ता परिचित छन्  । कुनै पनि प्रश्नको जवाफ अन्यत्र कतै नपाइएमा, सबैजसो इन्टरनेट प्रयोगकर्ताले यो गुगल सर्चमा खोज्न रुचाउँछन् । के तपाईंले कहिल्यै सोच्नु भएको छ कि गुगल कम्पनीको सुरुवात कसले र कहिले ग¥यो? यस प्रश्नको उत्तर पनि तपाईंले गुगलमै भेट्न सक्नुहुन्छ ।

४ सेप्टेम्बरमा गुगलले आफ्नो २६ वर्ष पूरा गर्न गइरहेको छ । गुगलको स्थापना सन् १९९८ मा भएको थियो । गुगलको सुरुवातको श्रेय लेरी पेज र सर्गेई ब्रिनलाई जान्छ । कम्पनीको सुरुवात एक ग्यारेजबाट भएको थियो । कथा यसरी सुरु भएको थियो कि गुगलको सुरुवात गर्ने यी दुवै व्यक्ति क्यालिफोर्निया स्थित स्ट्यानफोर्ड विश्वविद्यालयमा पीएचडी गर्दै थिए ।

यस क्रममा यी दुवै जना वर्ल्ड वाइड वेबमा अनुसन्धान गरिरहेका थिए । करिब १ वर्षसम्म यसमा काम गरेपछि सर्च इन्जिन गुगल तयार भएको थियो । तपाईंलाई थाहा पाएर केही आश्चर्य पनि हुन सक्छ कि गुगल सर्च इन्जिनलाई पहिला ’ब्याकरब’ भनेर चिनिन्थ्यो ।

सबैभन्दा ठूलो कुरा त यो हो कि गुगलको नाम गूगल एक स्पेलिङ गल्तीको कारण राखिएको थियो । पहिला गुगलको नाम ’गुगोल’ राखिएको थियो । गुगोलको गलत स्पेलिङ नै गुगल हो । गुगोल भन्नाले १ पछि १०० शून्य भएका अंकलाई जनाउँछ ।

गुगल इमेजको सुरुवात कसरी भयो ?

अब गुगल इमेजको कुरा गर्दा यसको सुरुवातसँग हलिउड अभिनेत्री जेनिफर लोपेजको नाम जोडिएको छ । वास्तवमा, यो घटना सन् २००० मा भएको ग्रामी पुरस्कार समारोहको हो । जब हलिउड अभिनेत्री जेनिफर लोपेजले विशेष किसिमको पहिरन लगाएर सबैको ध्यान तानिन् ।

null

अभिनेत्री जेनिफर लोपेजले भर्साचेको जंगल थिममा बनाइएको पहिरन लगाएकी थिइन्। यस पहिरनलाई हेर्न मानिसहरू निकै उत्सुक थिए। त्यो समयमा, भर्साचेको जंगल थिममा बनाइएको यस पहिरनलाई हेर्न इन्टरनेट प्रयोगकर्ताहरू गुगलको प्रयोग गरिरहेका थिए।  यो सबैभन्दा धेरै खोजिएको प्रश्न बनेको थियो, जसपछि गुगलले प्रयोगकर्ताहरूको आवश्यकता बुझ्दै इमेजेजको सुरुवात गरियो । यस घटनापछि नै जुलाई २००१ मा गुगल इमेजेस अस्तित्वमा आएको थियो ।

गुगल जीमेलको सुरुवात

गुगलको इमेल सेवा जीमेलको सुरुवातको कथा पनि रोचक मानिन्छ । यो १ अप्रिल २००५ को कुरा हो जब कम्पनीले जीमेललाई सार्वजनिक गरेको थियो । जीमेलभन्दा अघि माइक्रोसफ्ट र याहूमा ३०–६० इमेल स्टोर गर्ने सुविधा मात्र थियो । त्यही समयमा गुगलले जीमेललाई १३ हजार इमेल स्टोर गर्ने सुविधासहित प्रस्तुत गरेको थियो ।

null