कम्प्युटरको इतिहासमा हार्ड डिस्क ड्राइभ (एचडीडी) टेक्नोलोजी एकदमै पुरानो हो । १९५६ को विख्यात आइबिएम ३५० आरएएमएसी हार्डड्राइभको प्रयोग भएको पिक्चरमा देख्न सकिन्छ। जहाँ ३.७५ एमबीको स्टोरेजलाई थेग्नका लागि २४ इन्च फराकिलो प्लेटको प्रयोग भएको थियो । त्यो बेलामा आरएएमएसी ३५० को ड्राइभ सरकार तथा उद्योगहरूले मात्र गर्ने गर्दथे ।
तर सन् १९६९ बाट त्यसको प्रयोग हुन छोड्यो । त्यसपछि हार्डड्राइभ १९८० को दशकतिर गुणस्तरीय बनाउँदै लगियो । ८० को दशकमा ५.२५ इन्चको बन्यो । त्यसपछि डेस्कटप क्लासका लागि ३.५ इन्चको हार्डडिस्क तयार गरियो । त्यस्तै २.५ इन्च नोटबुक क्लास पनि चाँडै आउँदै छ । केबल इन्टरफेसलाई सिरियलबाट आइडिईमा चेन्ज गरियो ।
फेरि त्यसबाट एसीएसआई र त्यसबाट पनि विगत केही वर्षयता सेरियल एटिएमा परिवर्तन गरिएको छ । अहिले २.५ र ३.५ इन्चको ड्राइभमा मुख्यतया एसएटिए इन्टरफेसको प्रयोग गरिन्छ । मेगाबाइटको क्षमता लाखौं गुणा बढाएर टेराबाइट बनाइएको छ । अहिलेको ३.५ इन्चको ड्राइभको क्षमता १० टिबीभन्दा बढीको बनाइएको छ । त्यस्तै २.५ इन्चको ड्राइभको क्षमता ४ टिबीसम्म वृद्धि गरिएको छ ।
सोलिड स्टेट ड्राइभ (एसएसडी) को भने केही छोटो इतिहास छ । १९८० र ९० को दशक तिर बबल फ्ल्यासिङ मेमोरी जस्ता टेक्नोलोजीसँगै पर्सनल कम्प्युटिङबाट नन मुभिङ स्टोरेजको पनि आकर्षण बढ्दै गयो । अहिलेक्को फ्ल्यास मेमोरी पनि त्यही पुरानो तर्कबाट विस्तार भएको हो । तर यसमा डाटा राखिरहन निरन्तर शक्तिको आवश्यकता भने पर्दैन ।
सन् २००० को दशकतिर नेटबुकको विस्तारसँगै प्राइमरी ड्राइभको रूपमा चिनिने एसएसडीको सुरुवात भएको थियो । ओएलपिसी एक्सओ वानले १ जिबी एसएसडी र एसस ई पिसी ७०० सिरिजली २ जिबी एसएसडीको प्राइमरी स्टोरेजको रूपमा प्रयोग गरेको थियो ।
नेटबुक र अल्ट्रापोर्टेबल ल्यापटपहरू अझ कुशल भएसँगै एसएसडीको क्षमता पनि बढाइयो र २५ इन्च नोटबुक फर्म फ्याक्टरमा गुणस्तरीय पनि बनाइयो । योअनुसार २.५ इन्चको हार्डड्राइभलाई ल्यापटप अथवा डेस्कटपमा एसएसडीसँग सजिलै रिप्लेस गर्न सकिन्छ ।