कीवर्डहरू -

हल्ट प्राइज एट आइओईको 'फर्मिङ द ड्रीम' विषयमा तेस्रो मेन्टरशिप शत्र सम्पन्न

हल्ट प्राइज एट आइओईको 'फर्मिङ द ड्रीम' विषयमा तेस्रो मेन्टरशिप शत्र सम्पन्न

इन्जिनियरिङ संस्थान (आईओई) पुल्चोक क्याम्पस हल्ट प्राइजले 'फर्मिङ द ड्रीम' विषयमा तेस्रो मेन्टरशिप समापन गरेको छ ।  गत मंगलबार एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा मेन्टरशीप कार्यक्रम सञ्चालन गरिएको थियो । 

कार्यक्रममा अतिथिको रूपमा नाम्चेका प्रमुख कार्यकारी अधिकृत रमेश पाठक र कर्पोरेट ट्रेनर इच्छा मल्ल थिए । 

कार्यक्रममा नाम्चेका सीईओ र सहसंस्थापक रमेश पाठकले स्टार्टअप ल्यान्डस्केप र उद्यमशीलता यात्रामा लाग्नका लागि आवश्यक तत्वको बारेमा आफ्नो प्रस्तुती दिएका थिए । 

यस्तै मल्ले टिमवर्क र सम्भावित चुनौतीका विषयमा जानकारी दिएकी थिइन ।