कीवर्डहरू -

टेक्नोरियन नेपाल आयोजना हुँदै, शीर्ष २ टोली आईआईटी बम्बेमा हुने टेकफेस्टको ग्रान्ड फिनालेमा जान पाउने

टेक्नोरियन नेपाल आयोजना हुँदै, शीर्ष २ टोली आईआईटी बम्बेमा हुने टेकफेस्टको ग्रान्ड फिनालेमा जान पाउने

टेकफेस्ट एट आइआइटी बम्बेले नेपालका लागि लक्षित टेकफेस्ट ल्याएको छ । टेकनोरियन नेपाल २०२३ नाम गरेको यो टेकफेस्ट टेकफेस्ट एट आइआइटी बम्बेको नेपाल केन्द्रित तेस्रो संस्करण हो ।

यो टेकफेस्ट एडभान्स्ड कलेज अफ इन्जिनियरिंग एण्ड म्यानेजमेन्ट अन्तर्गतको एडभान्स्ड रोबोटिक्स क्लब (एआरसी) सँगको सहकार्यमा आयोजना हुँदैछ । कार्यक्रम कोडिंग, गणित तथा इलेक्ट्रोनिक्समा रुची हुनेहरुका लागि उपयोगी हुनेछ ।

एआरसीले चार प्रमुख कार्यक्रमहरू सञ्चालन गर्नेछ, जसमा कज्मो क्लेन्च, मेसमेरिज, कोडकोड र टेकफेस्ट ओलम्पियाड रहेका छन् । प्रत्येक इभेन्टका शीर्ष २ टोलीले २७ देखि २९ डिसेम्बर २०२३ सम्म आईआईटी बम्बेमा आयोजना हुने टेकफेस्टको ग्रान्ड फिनालेमा सिधै प्रवेश पाउनेछन् ।

क्षेत्रीय छनोट ३० नोभेम्बर र १ डिसेम्बर २०२३ मा एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट, नेपालको प्रांगणमा हुनेछ । मुख्य कार्यक्रमहरूको अतिरिक्त, त्यहाँ अन्य रोचक इभेन्टहरू जस्तै रोबोट दौड, अन्तरक्रियात्मक कार्यशाला र एस्पोर्टहरू हुनेछन् ।

यसबाहेक सहभागीहरूले नवीन परियोजनाहरू प्रदर्शन गर्ने अवसरहरू पनि पाउनेछन् । कार्यक्रममा सहभागीहरुका लागि विभिन्न खाद्यान्न स्टलहरुको पनि व्यवस्था गरिने आयोजकले जनाएको छ ।