कीवर्डहरू -

स्मार्टफोनमा आईआर ब्लास्टरले कसरी काम गर्छ?

स्मार्टफोनमा आईआर ब्लास्टरले कसरी काम गर्छ?

स्मार्टफोनमा धेरै यस्ता फिचरहरू हुन्छन्, जसले प्रयोगकर्ताहरूको काम सजिलो बनाउँछ । तर, तीमध्ये धेरै यस्ता फिचर पनि छन्, जसको बारेमा मानिसहरूलाई थाहा हुँदैन् ।  कम्पनीहरूले पनि प्रयोगकर्ताहरूका लागि नयाँ–नयाँ फिचरहरू ल्याइरहन्छन् । आज हामी तपाईंलाई यस्तै एक फिचरको बारेमा जानकारी दिन गइरहेका छौं, जुन तपाईंको विभिन्न काममा उपयोगी हुन सक्छ । 

आजकाल स्मार्टफोनमा धेरै प्रकारका फिचरहरू र सेन्सरहरू हुन्छन्, जसमा आईआर ब्लास्टर पनि पर्छ । यो एउटा यस्तो गोप्य फिचर हो, जसले तपाईंको फोनलाई एक युनिभर्सल रिमोटमा परिवर्तन गर्न सक्छ ।  
यसको अर्थ, तपाईं आफ्नो स्मार्टफोनबाट कुनै पनि इलेक्ट्रोनिक ग्याजेटलाई नियन्त्रण गर्न सक्नुहुन्छ । जस्तै टिभी, एसी, सेट टप बक्स, र अन्य इलेक्ट्रोनिक डिभाइसहरू । अब हामी तपाईंलाई यो फिचर कसरी काम गर्छ भनेर बताउँछौं ।  

यो कसरी काम गर्छ?  

जब तपाईं आफ्नो स्मार्टफोनमा कुनै बटन थिच्नुहुन्छ, यसले एउटा इन्फ्रारेड सिग्नल पठाउँछ । तपाईंको इलेक्ट्रोनिक डिभाइसमा एउटा इन्फ्रारेड रिसिभर हुन्छ, जसले यो सिग्नल समात्छ ।  
यी सिग्नल आँखाले देख्न सकिने हुँदैनन् । तर, रिसिभरले सिग्नललाई बुझ्छ र डिभाइसलाई कमाण्ड दिन्छ । यसरी तपाईं सजिलैसँग उक्त डिभाइसलाई नियन्त्रण गर्न सक्नुहुन्छ ।