कीवर्डहरू -

एप्पल वाच सिरिज १० को मूल्य कति पर्नेछ?

एप्पल वाच सिरिज १० को मूल्य कति पर्नेछ?

एप्पलको 'इट्स ग्लोटाइम’ इभेन्टमा गए राति नयाँ आइफोनसँगै एप्पल वाच सिरिज १० लञ्च गरिएको छ । कम्पनीले आफ्नो यस लेटेस्ट स्मार्टवाच दुई भेरिएन्टमा प्रस्तुत गरेको छ । एप्पलको यस नयाँ वाचको विशेषता भनेको यो अघिल्लो स्मार्टवाचभन्दा पातलो छ, तर ठूला डिस्प्लेका साथ आउँछ ।

कम्पनीले यस वाचलाई डिजिटल क्राउनसहित प्रस्तुत गरेको छ । साथै, वाचको दायाँतर्फ एक फिजिकल बटन पनि रहेको छ । यो वाचको नयाँ अपडेट भनेको यसमा एप्पल इन्टेलिजेन्स फिचर्सका लागि नयाँ चिपसेट राखिएको छ । वाच सिरिज १० सँगै एप्पलले स्ट्यान्डर्ड मोडललाई डेप्थ एपको सपोर्टसहित प्रस्तुत गरेको छ । यस नयाँ स्मार्टवाचको साथै, कम्पनीले सन् २०२३ मा प्रस्तुत गरिएको एप्पल वाच अल्ट्रा २ लाई नयाँ रङ विकल्पमा पनि ल्याएको छ ।

एप्पल वाच सिरिज १० को कति मूल्य छ?

एप्पल वाच सिरिज १० एल्युमिनियम र टाइटेनियम विकल्पमा ल्याइएको छ । नेपालमा वाचको प्रारम्भिक मूल्य करिब ६१ हजार रुपैयाँ पर्ने छ ।

४२ मिलिमिटर एल्युमिनियम जीपीएस भेरिएन्टको मूल्य करिब ६१ हजार रुपैयाँ पर्ने छ ।

४६ मिलिमिटर एल्युमिनियम जीपीएस भेरिएन्टको मूल्य करिब ६५ हजार रुपैयाँ पर्ने छ ।

एल्युमिनियम जीपीएस+सेलुलर भेरिएन्टको मूल्य करिब ९१ हजार ५०० रुपैयाँ पर्नेछ ।

४२ मिलिमिटर टाइटेनियम जीपीएस+सेलुलर भेरिएन्टको मूल्य करिब १ लाख २८ हजार रुपैयाँ पर्नेछ ।

४६ एमएम टाइटेनियम जीपीएस+सेलुलर भेरिएन्टको मूल्य करिब १ लाख ३६ हजार रुपैयाँ पर्नेछ ।

एप्पल वाच अल्ट्रा २ को मूल्यको कुरा गर्दा, कालो रङको वाच करिब १ लाख ४४ हजार रुपैयाँमा खरिदका लागि उपलब्ध छ ।