कीवर्डहरू -

एसईईको नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका

एसईईको नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार नतिजा सार्वजनिक गरेको हो । 

यस वर्ष चार लाख ४४ हजार ७८५ जना परीक्षामा सहभागी भएका थिए । सहभागी विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् भने ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । 

बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ, जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ ।

विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ भने ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक ल्याउनुपर्नेछ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात १० अंक ल्याए पुग्ने छ । 

एसएमएस वा कलबाट कसरी थाहा पाउने एसईईको नतिजा ? 

एसईईको नतिजा आईभीआर, एसएमएस, मोबाइल एप र वेबसाइटबाट हेर्न सकिने छ । नेपाल टेलिकमबाट १६०० मा कल गरेर वा एसमएस पठाएर नतिजा हेर्न सकिने छ ।

यस्तै स्विप्ट टेक्नोलोजीको शर्टकोड ३४४५५, जानकी टेक्नोलोजीको ३५००१, इजी सर्भिसको ३४९४९ र आकाश टेकको ३१००३ मा एसएमएस पठाएर नतिजा थाहा पाउन सकिने छ । 

एसएमएसबाट नतिजा थाहा पाउन सुरूमा आफ्नो मोबाइलको म्यासेज बक्समा जानुहोस् । त्यसपछि नयाँ म्यासेज लेख्ने ठाउँमा जानुहोस् र SEE <space> तपाईंको सिम्बोल नम्बर टाइप (उदाहरणका लागि SEE 12345678) गरी 1600, 34455, 35001, 34949 र 31001 मा एसएमएस पठाउनुहोस् । 

वेबसाइट र मोबाइल एपबाट नतिजा हेर्ने तरिका 

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमीको वेबसाइट, राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट, स्विफ्ट टेक्नोलोजीको वेबसाइट, इडियु संजालको वेबसाइट, कान्तिपुर पब्लिकेशनको वेबसाइटबाट नतिजा थाहा पाउन सकिने छ । 

यस बाहेक खल्तीको एपइसेवा, फोनिक्स एजुकेशनको वेबसाइट र एनसेलको एपबाट नतिजा थाहा पाउन सकिने छ । 

null