टेस्लाका सीईओ एलन मस्कले कम्पनीको ह्युमनोइड रोबोट अप्टिमसको बारेमा नयाँ अपडेट साझा गरेका छन् । मस्कले अप्टिमसले बजारमा प्रवेश गरेको जानकारी दिएका हुन् ।
मस्कले अप्टिमस (ह्युमनोइड रोबोट, ओप्टिमस) को बारेमा जानकारी दिदै रोबोटलाई आगामी वर्ष अर्थात् २०२५ को अन्त्यसम्ममा व्यावसायिक रूपमा ल्याइने बताएका छन् ।
मस्कले आफ्नो कम्पनीसँग यस क्षेत्रमा अझ राम्रो काम गर्ने क्षमता रहेको विश्वास गर्छन् । टेस्लाले सेप्टेम्बर २०२२ मा पहिलो पुस्ताको अप्टिमस प्रस्तुत गरेको थियो ।
यो वर्ष कम्पनीले दोस्रो पुस्ताको ओप्टिमस सम्बन्धी भिडियोहरू सेयर गरेको छ । अप्टिमसलाई मानिस जस्तै काम गर्न सक्ने देखाइएको छ । खासगरी श्रमिक अभाव पूर्ति गर्न यी रोबोटलाई विशेष मानिएको छ ।
रोबोटहरूले धेरै उद्योगहरू जस्तै लजिस्टिक, भण्डारण र निर्माणमा जस्तो दोहोरिने कार्यहरू गर्न सक्नेछन् ।
यद्यपि, सुरक्षा, लागत र उपलब्धता रोबोटका लागि चुनौती रहनेछ । यसका साथसाथै वास्तविक संसारको वातावरणमा रोबोटद्वारा केही कठिन कार्यहरू गराउन पनि गाह्रो काम हुनेछ ।