कीवर्डहरू -

केन्यामा डिजिटल लिडरशिप तालिम गर्दै आईडीआई, नेपालबाट पनि सहभागी हुन सकिने

केन्यामा डिजिटल लिडरशिप तालिम गर्दै आईडीआई, नेपालबाट पनि सहभागी हुन सकिने

इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युट (IDI) ले केन्यामा डिजिटल लिडरशिप सम्बन्धि तालिम सञ्चालन गर्ने भएको छ । सेप्टेम्बर १ देखि सञ्चालन हुने कार्यक्रम अमेरिका स्थित युनिभर्सिटी अफ क्यालिफोर्निया, सान्ता क्रुज (सिलिकन भ्याली एक्सटेन्सन) को सहकार्यमा आयोजना हुने लागेको हो ।

कार्यक्रम सेप्टेम्बर १ देखि भर्चुअल माध्यमबाट सुरु भई सेप्टेम्बर १५ देखि १९ सम्म केन्याको नेरोबी सहरमा प्रत्यक्ष रूपमा सञ्चालन हुनेछ । अफ्रिकाको ‘सिलिकन सवाना’ भनेर चिनिने नेरोबीमा आयोजना हुने यो तालिम डिजिटल परिवर्तन, प्रविधि नेतृत्व, कृत्रिम बौद्धिकता (AI), ब्लकचेन, साइबर सुरक्षा, र नवप्रवर्तन व्यवस्थापन जस्ता विषयमा केन्द्रित रहनेछ । 

सहभागीहरूले नेरोबीस्थित प्रतिष्ठित प्रविधि संस्था जस्तै iHub, Nairobi Garage, Nailab, र सरकारी मन्त्रालयहरूको प्रत्यक्ष अवलोकन गर्ने अवसर पाउनेछन् । साथै, सिलिकन भ्यालीका विज्ञहरूसँग पनि भर्चुअल संवाद हुनेछ ।

तालिम तीन चरणमा विभाजित गरिएको छ । पहिलो चरणमा भर्चुअल ओरिएन्टेसन हुनेछ । दोस्रो चरणमा दुई वटा अनलाइन कार्यशाला हुनेछ भने तेस्रो चरणमा प्रत्यक्ष रुपमा ५ दिने प्रशिक्षण, उद्योग भ्रमण, र परियोजना आधारित कार्यहरू सञ्चालन गरिनेछ । 

सहभागीहरूले डिजिटल रणनीति बनाउने, परिवर्तन व्यवस्थापन गर्ने, र नेतृत्वमा इमोशनल इन्टेलिजेन्स प्रयोग गर्ने सीप हासिल गर्नेछन्। यो कार्यक्रम विशेष गरी डिजिटल रूपान्तरणको जिम्मेवारी सम्हाल्ने वरिष्ठ कार्यकारी, सीटीओ, सीआईओ, परियोजना व्यवस्थापक, नवप्रवर्तन अधिकारी तथा व्यावसायिक सल्लाहकारहरूको लागि लक्षित गरिएको छ । नेपालबाट पनि डिजिटल लिडरसीप कार्यक्रममा सहभागी हुन सकिने छ ।  

कार्यक्रमको शुल्क २५ दय अमेरिकी डलर तोकिएको छ, जसमा आवास, खाजा–खाना, तालिम सामग्री, भ्रमण लगायत समावेश छन् । आवासविना सहभागी हुनेको लागि शुल्क २ हजार अमेरिकी डलर लाग्ने छ ।  

नेपालबाट कार्यक्रममा सहभागी हुन चाहनेले यहाँ क्लिक गरेर दर्ता गर्न वा आईडीआईको ज्वागल (युएन पार्क) स्थित कार्यालय वा [email protected] मा सम्पर्क गर्न गर्न सक्ने छन् । 

इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युट अमेरिकामा बस्ने नेपाली मुलका व्यक्तिहरूले सुरू गरेको संस्था हो । यसको मुख्य कार्यालय अमेरिकामा छ भने नेपाल, नाइजेरिया र केन्यामा पनि कार्यालय रहेको छ ।