कीवर्डहरू -

आईएमई पे र खल्ती मर्ज हुँदै, नयाँ नाम ‘आईएमई खल्ती’ राखिने

आईएमई पे र खल्ती मर्ज हुँदै, नयाँ नाम ‘आईएमई खल्ती’ राखिने

आईएमई पे र खल्ती डिजिटल वालेट एक आपसमा मर्ज हुने भएका छन् । मर्जरका लागि आईएमई पे र खल्तीबीच सम्झौता भएको हो । 

मर्जरपछि डिजिटल वालेटको नाम ‘आईएमई खल्ती’ राखिने छ । आइतबार दुई कम्पनीबीच मर्जरको लागि सम्झौता भएर स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाइएको छ । 

हाल खल्तीको चुक्ता पूँजी ५ करोड रुपैयाँ र आईएमई पे को चुक्ता पूँजी ३० करोड रुपैयाँ छ । यदी आईएमई पे र खल्ती मर्ज भएमा यो डिजिटल वालेटमै पहिलो मर्जर हुनेछ । 

नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फर्छ्योट विनियमावली, २०७७ मा संशोधन गर्दै वालेट मर्ज हुनसक्ने व्यवस्था गरेको छ ।