कीवर्डहरू -

'आइएमई पे’ नेपाल सुपर लिग २०२३ को आधिकारिक टिकेटिङ पार्टनरको रूपमा रहने

'आइएमई पे’ नेपाल सुपर लिग २०२३ को आधिकारिक टिकेटिङ पार्टनरको रूपमा रहने

 नेपालको पहिलो डिजिटल वालेट 'आइएमई पे' र नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)  बिच भएको रणनीतिक साझेदारी सम्झौता अन्तर्गत यही नोभेम्बर २४ देखी हुने बहुप्रतिक्षित 'नेपाल सुपर लिग २०२३'को लागि आधिकारिक टिकेटिङ पार्टनरको रूपमा आइएमई पे  रहने भएको छ । 

नेपाल सुपर लिग नेपालको प्रमुख खेलहरू मध्ये एक हो जसमा बहुसंख्यक खेल प्रेमिहरुको चासो रहेको छ । जसमा डिजिटल भुक्तानी र टिकट सेवाहरूमा आइएमई पेको आबद्धताले  फ्यानहरूलाई आगामी सिजनको टिकट खरिद गर्न सहज र झन्झटमुक्त बनाउने  आइएमई पे को विश्वास रहेको छ ।

यस्तै, नेपाली फुटबल विकासका विभिन्न आयामहरूमा जोडिन पाउँदा गौरवान्वित रहेको आइएमई  पे का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताएका छन् । 'नेपाली फुटबल विकासमा एनएसइएम सँग सहकार्य गर्ने मौका दिएकोमा एनएसइएमलाई धन्यवाद दिन चाहन्छु, र ’आइएमई पे’ को डिजिटल वित्तीय समावेशिताको महाअभियानलाई खेल तथा खेलाडीसँग जोड्दा झनै प्रभावकारी रूपमा लागु गर्न सकिने भएकोले यस साझेदारीप्रति अत्यन्तै उत्साहित रहेको पनि प्रमुख कार्यकारी रेग्मीले बताएका छन् ।  
 
नेपाल सुपर लिग २०२३ रोमाञ्चक फुटबल गतिविधि र मनोरञ्जनका साथ एक विद्युतीय सिजन हुने प्रतिज्ञा गरिएको छ। एनएसइएम र आइएमई पे बिचको यो साझेदारी ले लिगको बृद्धि र पहुँचमा योगदान पुर्‍याउने छ, जसले फ्यानहरूलाई आफ्नो  मनपर्ने टोली र खेलाडीहरूलाई समर्थन गर्न सजिलो बनाउँछ।