कीवर्डहरू -

सन् २०२५ मा नयाँ प्रविधिका ग्याजेट्स सार्वजनिक हुने, डिजिटल संसारमा ठूला परिवर्तन

सन् २०२५ मा नयाँ प्रविधिका ग्याजेट्स सार्वजनिक हुने, डिजिटल संसारमा ठूला परिवर्तन

सन् २०२५ मा धेरै नयाँ र आकर्षक ग्याजेट्स लन्च हुनेछन् । यस वर्ष अगमेन्टेड रियालिटी र भर्चुअल रियालिटीदेखि स्मार्ट डिभाइससम्म आउने छन् ।

केही नयाँ आविष्कारहरू देख्न पाइनेछ, जसले प्रविधिको संसारमा ठूलो परिवर्तन ल्याउने छ ।

तपाईं गेम खेल्ने, काम गर्ने वा केवल प्रविधि रुचि राख्ने व्यक्ति हुनुहन्छ भने यी नयाँ ग्याजेट्सले तपाईंलाई चकित पार्नेछन् । आउनुहोस्, २०२५ मा आउने केही ग्याजेट्सका बारेमा जानकारी लिऔं ।

सोलार पावर्ड ब्लुटुथ किबोर्ड

लेनोभोले सोलार पावर्ड ब्लुटुथ किबोर्ड ल्याउँदैछ, जसले सूर्यको प्रकाश र वरिपरिका उज्यालोलाई प्रयोग गरेर आफैंलाई चार्ज गर्दछ । यो रिसाइकल प्लास्टिकबाट बनेको छ र तीनवटा डिभाइसलाई एकसाथ जोड्न सक्ने क्षमता राख्छ । यसमा किबोर्डको माथिल्लो भागमा सोलार प्यानल र विशेष ब्लुटुथ बटन रहेको छ । यो स्लिक र आधुनिक डिजाइनसहित आउनेछ ।

सामसङ एआर ग्लासेस

एप्पल र सामसङजस्ता ठूला कम्पनीहरू एआर डिभाइसमा काम गर्दैछन् । यस वर्ष सामसङले साना र सुविधाजनक एआर गिलासेस लन्च गर्नसक्छ । भनिन्छ, यी एआर ग्लासेस स्मार्टफोन र ट्याब्लेटजस्ता हालका स्मार्ट टेक्नोलोजीसँग काम गर्नेछन् । एआर ग्लासेसको मुख्य उद्देश्य प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्नु हो ।

प्लेस्टेशन पोर्टेबल २

सोनीले हालै प्लेस्टेशन लन्च गरेको थियो, जुन पोर्टेबल प्लेस्टेशन डिभाइस हो । यद्यपि यो पूर्ण रूपमा परम्परागत ह्यान्डहेल्ड कन्सोल होइन, तर यसलाई प्लेस्टेशन ५ का गेमहरू स्ट्रीम गर्न डिजाइन गरिएको हो ।

गेमिङ कम्युनिटीमा पोर्टेबल प्लेस्टेशन कन्सोलको माग बढिरहेको छ । समाचारअनुसार, सोनीले निन्टेन्डो स्विचजस्तै सानो पोर्टेबल कन्सोलको सफलतालाई ध्यानमा राख्दै प्लेस्टेशन पोर्टेबल २ प्रस्तुत गर्नसक्छ, जसले गेमरहरूलाई कहीं पनि पिएस ५ का गेमहरू खेल्न सक्षम बनाउँछ ।

एप्पल भिजन प्रो २

एप्पल भिजन प्रो २ एउटा विशेष अगमेन्टेड रियालिटी हेडसेट हो, जसले वास्तविक र डिजिटल दुनियाँको दूरी कम गर्दछ । भिजन प्रो २ प्रयोग गर्न सजिलो हुनेछ । यो हेडसेट नयाँ र सुधारिएको प्रोसेसरका साथ आउनेछ । यसमा  हाई–रेजोल्युसन डिस्प्ले हुनेछ र यसको मुख्य उद्देश्य प्रयोगकर्तालाई पूर्ण रूपमा डिजिटल दुनियाँमा हराउन मौका दिनु हो । यसले काम, अध्ययन र मनोरञ्जनको अनुभवलाई अझ उत्कृष्ट बनाउनेछ ।

मेटा क्वेस्ट ४

मेटाको अर्को भिआर हेडसेट क्वेस्ट ४ ले भर्चुअल रियालिटीको नयाँ मापदण्ड तोक्नेछ । यसमा ग्राफिक्स, रिफ्रेस रेट र भ्यु फिल्डजस्ता विशेषताहरू हुनेछन् । यसमा हातको चाल र अनुहारको भाव ट्र्याक गर्ने क्षमता हुनेछ । साथै, सामग्री पुस्तकालय र अझ अन्तरक्रियात्मक एप्लिकेसनहरू थपिनेछन्, जसले गेमर र प्रोफेसनलहरूलाई नयाँ सुविधाहरू उपलब्ध गराउनेछ ।

स्मार्ट होम एआई असिस्टेन्ट्स

स्मार्ट होम असिस्टेन्ट्स, जस्तै अमेजन इको, गुगल नेस्ट र एप्पल होमप्याड अझ स्मार्ट हुनेछन् । यसमा आवाज पहिचान गर्ने, स्मार्ट डिभाइस नियन्त्रण गर्ने र वास्तविक–समय समस्या समाधान गर्ने क्षमता हुनेछ ।