कीवर्डहरू -

ड्रिमल्याण्डमा कामना सेवा विकास बैंकका मोबाईल बैंकिङ प्रयोगकर्तालाई दश प्रतिशत छुट

ड्रिमल्याण्डमा कामना सेवा विकास बैंकका मोबाईल बैंकिङ प्रयोगकर्तालाई दश प्रतिशत छुट

कामना सेवा विकास बैंकले रुपन्देहीको तिलोत्तमास्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटलसँग  सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको मेनुमा १० प्रतिशत साथै बेड शुल्कमा ३० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले बैंकको कार्ड, मोबाईल बैंकिङ प्रयोग गरी बैंक सँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।