कीवर्डहरू -

सरकारी कार्यालयमा अब क्युआर कोडबाटै फाइल ट्रयाकिङ हुने

सरकारी कार्यालयमा अब क्युआर कोडबाटै फाइल ट्रयाकिङ हुने

अब सरकारी कार्यालयमा क्युआर कोडबाट फाइल ट्रयाकिङ हुने भएको छ । मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा सोमबार बसेको सचिव बैठकले यस्तो निर्णय गरेको हो ।

क्युआर कोडबाट फाइल ट्रयाकिङ प्रणाली लागु भएपछि कुन फाइल कहाँ छ भनेर सजिलै थाहा पाउन सकिने छ ।

फाइल ट्रयाकिङ गर्ने प्रणाली प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले विकसित गरिसकेको छ ।

क्युआरकोडमार्फत फाइल ट्रयाकिङ् गर्ने प्रणालीलाई परीक्षणको रूपमा प्रयोगमा ल्याउने र सो को पृष्ठपोषणका आधारमा आवश्यक परिमार्जन गरी सबै निकायले प्रयोग गर्ने व्यवस्था मिलाउने गर्ने निर्णय सचिव बैठकले गरेको छ ।