कीवर्डहरू -

आईओएस १८ मा एआईसँगै विभिन्न फिचर ल्याउँदै एप्पल

आईओएस १८ मा एआईसँगै विभिन्न फिचर ल्याउँदै एप्पल

एप्पलले केहि महिनामा आफ्नो आईओएस १८ सार्वजनिक गर्दैछ । आईओएस १८ मा एआईसहित विभिन्न उत्कृष्ट सुविधाहरू आउने अनुमान गरिएको छ । 

हरेक अपडेटसँगै कम्पनीले आफ्नो असिस्टेन्टलाई पनि अपडेट गर्ने गर्छ । यस पटकको अपडेटमा पनि एप्पलले आफ्नो भ्वाइस असिस्टेन्ट सिरीमा च्याटजीपीटी जस्तो जेनेरेटिभ एआई सुविधा थप गर्न सक्ने जनाइएको छ । 

एप्पलले आईफोनहरूमा केही एआई–सुविधाहरूका लागि कोपाइलट जस्तै ओपनएआइको जीपीटी टेक्नोलोजी प्रयोग गर्न सक्ने अनुमान गरिएको छ ।

सिरीसँगै नोट्स एप र म्युजिक एपमा जेनेरेटिभ एआई फिचर उपलब्ध हुनेछ  । यसबाहेक एआई जेनेरेटेड फोटो र भिडियो सम्पादनका लागि पनि केही फिचर थपिने छ ।

मिडिया रिपोर्टहरूका अनुसार एप्पलले आइओएस १७.४ अपडेटको साथ युरोपमा एप साइडलोडिङ सुविधा ल्याएको छ । अब नयाँ आइओएस १८ अपडेटको साथ यो सुविधा विश्वव्यापी रूपमा उपलब्ध हुन सक्ने छ । 

आईओएस १८ अपडेटमा एप स्टोर बाहेक अन्य ठाउँबाट समेत एप डाउनलोड गर्न सकिने छ । अहिलेसम्म आईफोन प्रयोगकर्ताहरुलाई एप स्टोर बाहिरबाट एप वा गेम इन्स्टल गर्न अनुमति दिइएको छैन् । 

आरसीएस प्रोटोकल पनि आइओएस १८ अपडेटको साथ आउने छ, जुन आइ म्यासेजमा सार्वजनिक गरिनेछ । यसको सबैभन्दा ठूलो फाइदा भनेको एन्ड्रोइड र आईओएस उपकरणबीच सहज सन्देश अनुभव प्रदान गर्न सहज हुनेछ । 

यसले प्रयोगकर्ताहरूलाई मल्टिमिडिया फाइल, अडियो मेसेज सेयर गर्न सजिलो बनाउने छ । एन्ड्रोइडबाट पठाइएका टेक्स्ट म्यासेजहरू नीलो र हरियो बबलको सट्टा हरियो बबलमा देखा पर्नेछन् ।