धेरैजसो मानिसहरूले इन्टरनेटमा जानकारी खोज्न गूगलको वेब ब्राउजर क्रोम प्रयोग गर्छन् । कम्पनीले अब पुराना फोनमा यी दुवै सेवा (गुगल क्रोम, क्यालेन्डर) को सपोर्ट बन्द गर्ने भएको छ ।
यदि तपाई पनि धेरै वर्ष अगाडि किनेको स्मार्टफोन प्रयोग गर्दै हुनुहुन्छ भने क्रोम र क्यालेन्डरको सेवा पनि बन्द हुन सक्छ ।
हाल धेरै स्मार्टफोन प्रयोगकर्ताहरू छन्, जसले आफ्नो फोनमा एन्ड्रोइड ११ प्रयोग गरिरहेका छन् । यो हाल सबैभन्दा धेरै इन्स्टल गरिएको संस्करण हो । यस्तो अवस्थामा यी प्रयोगकर्ताहरूले कुनै प्रकारको समस्याको सामना गर्नु पर्दैन ।
पछिल्लो अपडेट अनुसार एन्ड्रोड ८ भन्दा तलका संस्करणमा गूगल क्रोम र गूगल क्यालेन्डर प्रयोग गर्न सकिने छैन् । यदि तपाई एन्ड्रोइड ७.१ वा त्यो भन्दा पुरानो संस्करण प्रयोग गर्दै हुनुहुन्छ भने, क्रोम र क्यालेन्डर प्रयोग गर्न सक्नु हुने छैन् ।
यदि तपाईलाई फोनको एन्ड्रोइड भर्सन थाहा छैन भने यसका लागि सुरूमा फोनको सेटिङमा जानुहोस् । त्यसपछि स्कोल गर्नुहोस् र अबाउट फोनमा ट्याप गर्नुहोस् । एन्ड्रोइड संस्करण जानकारी यहाँ देखिने छ ।