कीवर्डहरू -

सन् २०२४ को तेस्रो त्रैमासिकमा सबैभन्दा बढी बिक्री हुने फोन बन्यो आइफोन १५

सन् २०२४ को तेस्रो त्रैमासिकमा सबैभन्दा बढी बिक्री हुने फोन बन्यो आइफोन १५

सन् २०२४ को तेस्रो त्रैमासिक (क्युथ्री) मा एप्पलले विश्वभर सबैभन्दा धेरै बिक्री भएको स्मार्टफोनको सूचीमा शीर्ष स्थान प्राप्त गरेको छ । काउन्टरप्वाइन्ट रिसर्चको प्रतिवेदन अनुसार आईफोन १५ विश्वना धेरै बिक्री हुने स्मार्टफोन बन्न सफल भएको छ । 

काउन्टरप्वाइन्टका अनुसार क्यूथ्री २०२४ मा आइफोन १५ विश्वमा सबैभन्दा धेरै बिक्री भएको स्मार्टफोन रहेको छ भने दोस्रो र तेस्रो स्थानमा क्रमशः आइफोन १५ प्रो म्याक्स र आइफोन १५ प्रो रहेका थिए । सूचीमा एप्पलले कुल चार स्थान ओगट्यो, जसमा आइफोन १४ ले पनि सातौँ स्थानमा आफ्नो स्थान बनाएको छ ।

रिसर्चका अनुसार उच्च–स्तरका स्मार्टफोनहरूको बढ्दो लोकप्रियताले एप्पललाई यसको स्ट्यान्डर्ड र प्रो मोडेलहरू बीचको बिक्री अन्तर कम गर्न मद्दत गरेको बताइएको छ । तेस्रो त्रैमासिकमा प्रो भेरिएन्टहरूले आइफोनको कुल बिक्रीको आधा हिस्सा ओगटेको यो पहिलो पटक हो, जसले एप्पललाई उच्च–मूल्यका उपकरणहरू बेच्न सफल बनाएको छ ।

बिक्री हुने स्मार्टफोनको शीर्ष सूचीमा सामसङ पनि परेको छ । सामसङका ५ वटा स्मार्टफोन मोडेलहरू सूचीमा समावेश छन् । तीमध्ये चारवटा बजेट ए–सीरिजका रहेका छन् भने  सामसङ ग्यालेक्सी एस २४ ले दशौँ स्थान प्राप्त गरेको छ, जसले गर्दा सन् २०१८ पछि शीर्ष दशमा आउने पहिलो ग्यालेक्सी एस–सिरिज उपकरण बन्न सफल भएको छ ।  शीर्ष दशको नवौँ स्थानमा रेडमी १३ सी फोरजी रहेको छ ।