कीवर्डहरू -

बढ्यो डिजिटल वालेटबाट हुने कारोबार

बढ्यो डिजिटल वालेटबाट हुने कारोबार

डिजिटल वालेटबाट हुने कारोबारमा वृद्धि भएको छ । २०८० मंसिर महिनामा वालेटबाट २३ अर्ब १८ करोड १० लाख कारोबार भएको छ ।  

राष्ट्र बैंकको तथ्यांक अनुसार २०८० महिनामा मंसिर डिजिटल वालेटबाट २३ अर्ब बढीको कारोबार भएको देखिएको छ । 

२०७९ मंसिरमा १७ अर्ब कारोबार भएकोमा २०८० मंसिरमा त्यो रकम बढेर २३ अर्ब पुगेको छ ।

तथ्यांक अनुसार कारोबार रकमसँगै कारोबार संख्यामा पनि वृद्धि भएको छ । २०८० मंसिरमा २ करोड २६ लाख ८३ हजार ४० पटक वालेटबाट कारोबार भएको छ । २०७९ मंसिरमा १ करोड ६८ लाख ९२ हजार ९२५ पटक कारोबार भएको थियो ।