कीवर्डहरू -

सरकारी सेवाप्रवाहमा टोकन र टाइम कार्ड प्रणाली लागु गरिने

सरकारी सेवाप्रवाहमा टोकन र टाइम कार्ड प्रणाली लागु गरिने

सरकारले सरकारी सेवाप्रवाहमा टोकन र टाइम कार्ड प्रणाली लागु गर्ने भएको छ । 

सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

उनले सार्वजनिक सेवाप्रवाहलाई चुस्त र मितव्ययी बनाउन संगठन संरचनामा रहेका दोहोरोपन हटाउनुका साथै सूचना प्रविधिमा आधारित सरकारी एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू गरिने बताए । 

नागरिकले सेवा प्राप्त गर्दा हुने झन्झट हटाई सेवाको लागत, समय र गुणस्तरमा सुधार गर्ने र स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सरल र सहज रूपमा राहदानी सेवा उपलब्ध हुने समेत जानकारी दिए ।