कीवर्डहरू -

आईफोनबारे प्रचलित ५ भ्रम

आईफोनबारे प्रचलित ५ भ्रम

आईफोनबारे धेरै गलत धारणा फैलिएका छन्, जसमा मानिसहरू आँखा चिम्लेर विश्वास गर्छन्।

यीमध्ये धेरै भ्रम प्राविधिक वेबसाइटहरू र युट्युब भिडियोहरूको कारण अझ बलियो भएका छन्। एप्पलले यस्ता केही प्रमुख मिथ्याहरूको स्पष्टीकरण दिँदै तिनको सत्यता खुलाएको छ।

आउनुहोस्, आईफोनसँग सम्बन्धित ५ सबैभन्दा सामान्य भ्रमहरूको वास्तविकता जानौं।

वाईफाई र ब्लुटुथ बन्द गर्दा ब्याट्री बढी चल्छ?

धेरै मानिसहरूको विश्वास छ कि आफ्नो आईफोनको वाईफाई र ब्लुटुथ बन्द गरे ब्याट्री बढी समयसम्म टिक्छ । तर सच्चाइ यो हो कि यी फिचरहरू अन हुँदा तर प्रयोग नगरिँदा ब्याट्रीको खासै खपत हुँदैन् । यसको सट्टा, यदि तपाइँलाई ब्याट्री बचाउनुछ भने एयरप्लेन मोड अन गर्नु राम्रो विकल्प हो ।

भिजेको आईफोन चामलमा राख्दा सुक्छ?

धेरै मानिसहरू मान्छन् कि यदि आईफोन पानीमा खस्यो भने चामलमा राख्दा छिटो सुक्छ । तर एप्पलले यो विधि हानिकारक हुन सक्ने बताएको छ ।  चामलका साना कणहरूले आईफोन भित्र गएर थप नोक्सान पुर्या‍उन सक्छन् । यसको सट्टा, फोनलाई कुनै सुख्खा र हावायुक्त स्थानमा राखेर आफैँ सुक्न दिनु एप्पलको सल्लाह हो ।

प्राइभेट ब्राउजिङले आईपी एड्रेस र लोकेशन लुकाउँछ?

धेरै मानिसहरूको धारणा छ कि आईफोनमा प्राइभेट ब्राउजिङ (इन्कोग्निटो मोड) अन गर्दा लोकेशन र आईपी एड्रेस लुक्छ । तर यो पूर्णरूपमा सही होइन् । प्राइभेट मोडले केवल ब्राउजिङ हिस्ट्री सुरक्षित हुनबाट रोक्छ तर वेबसाइटहरूले अझै पनि तपाइँको जानकारी सङ्कलन गर्न सक्छन् । यदि आईपी एड्रेस र लोकेशन लुकाउन चाहनुहुन्छ भने, एप्पलको आई क्लाउड+ प्राईभेट रिले फिचर उपयोगी हुन सक्छ ।

एप बन्द गर्दा ब्याट्री बचत हुन्छ?

धेरैजसो मानिसहरू आईफोनमा खुलेका एप्स बारम्बार बन्द गर्छन्, यो सोचेर कि यसले ब्याट्री बचाउँछ । तर यो ठुलो भ्रम हो । वास्तवमा, एप बन्द गरेर फेरि खोल्दा ब्याट्रीमा थप लोड पर्छ । आईफोनका ब्याकग्राउन्ड एप्स ‘फ्रीज’ मोडमा हुन्छन् र ब्याट्रीको खासै खर्च गर्दैनन् । 

रातभर चार्ज गर्दा ब्याट्री खराब हुन्छ?

यो पुरानो मिथ्या हो कि यदि तपाइँले आईफोन रातभर चार्जमा राख्नुभयो भने ब्याट्री बिग्रिन्छ । तर वास्तविकता यो हो कि आईफोनको ब्याट्री १०० प्रतिशत चार्ज भएपछि थप चार्ज लिन बन्द गर्छ । एप्पलका अनुसार समयसँगै ब्याट्रीको क्षमता घट्छ, तर यो तपाइँले चार्ज गर्ने पटकसँग सम्बन्धित हुँदैन् ।