अबदेखि नेपाली उपभोक्ताले सामसङ टेलिभिजन तथा होम एप्लायन्स खरिद गर्दा इन्स्टा फाइनान्स सेवा लिनका लागि केवल नागरिकता प्रमाणपत्र नै पर्याप्त हुने भएको छ ।
सामसङ नेपालले आफ्नो इन्स्टा फाइनान्स सेवा झन् सुलभ बनाउँदै, अब सामसङ टिभीसँगै सबै होम एप्लायन्सका लागि पनि नागरिकता मात्र देखाएर सेवा उपलब्ध गराउने घोषणा गरेको हो ।
यसअघि, सामसङ टिभीमा मात्र एक कागजातको फाइनान्स सेवा उपलब्ध थियो भने, होम एप्लायन्सका लागि थप कागजात आवश्यक पर्थ्यो। अबदेखि, ग्राहकले नागरिकता र ग्राहक तथा ग्यारेन्टरका दुई/दुई वटा पासपोर्ट साइज फोटो बुझाएपछि एक घण्टाभित्रै फाइनान्स प्रक्रिया सम्पन्न गरी आफ्नो रोजाइको टिभी वा होम एप्लायन्स लिन सक्नेछन्।
सामसङको यो सेवा लागू भइसकेको छ । योजना अन्तर्गत ३० हजार रूपैयाँ वा वा सोभन्दा माथिको मूल्यमा रहेका सामसङ टिभी तथा होम एप्लायन्सहरूमा ० प्रतिशत ब्याजदरमा १२ महिनाको ईएमआई सुविधा दिइनेछ। सेवा पाउन ग्राहकले ३० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्नेछ।
यो सुविधा हुलास फिन सर्भ पर्चेच लिमिटेडको साझेदारीमा उपलब्ध छ, र देशभरिका २०० भन्दा बढी सामसङ अधिकृत स्टोरहरूमा लागू गरिएको छ ।