कीवर्डहरू -

इन्स्टाग्रामले सर्ट भिडियो कन्टेन्टलाई मात्रै प्राथमिक्ता दिने

इन्स्टाग्रामले सर्ट भिडियो कन्टेन्टलाई मात्रै प्राथमिक्ता दिने

मेटाको स्वामित्वमा रहेको सामाजिक सञ्जाल इन्स्टाग्रामले एक ठूलो घोषणा गरेको छ । इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले भनेका छन् कि अब कम्पनीको पूरा ध्यान छोटो भिडियोहरूमा केन्द्रित रहेको छ ।

इन्स्टाग्रामले विश्वास गर्छ कि छोटो भिडियोहरूबाट मानिसहरू छिटो कनेक्टेड हुन्छन् र मानिसहरूको रुचि पनि छोटो भिडियोमा बढि हुन्छ । यद्यपि यसको मतलब यो होइन कि कम्पनीले लामो भिडियोहरू बन्द गर्दैछ । लामो भिडियोहरू अझै पनि अपलोड गर्न सकिनेछन् ।

एडम मोसेरीले एक प्रयोगकर्ताको प्रश्नको जवाफमा भनेका छन् कि छोटो भिडियोहरूलाई प्राथमिकता दिइनेछ । चर्चित कन्टेन्ट भएर फिडमा आउन भने छोटो कन्टेन्टनै हुनुपर्नेछ । एडमले भने कि मानिसहरूले लामो भिडियोहरू सेयर पनि गर्दैनन् । यस्तो अवस्थामा लामो भिडियोमा कम्पनीले रिसोर्स खर्च गर्नुको कुनै फाइदा छैन् ।