कीवर्डहरू -

टिकटकलाई टक्कर दिन स्ट्यान्डअलोन रिल्स एप लन्च गर्ने तयारीमा इन्स्टाग्राम

टिकटकलाई टक्कर दिन स्ट्यान्डअलोन रिल्स एप लन्च गर्ने तयारीमा इन्स्टाग्राम

इन्स्टाग्रामले शर्ट भिडियो कन्टेन्टका लागि स्ट्यान्डअलोन एपको रूपमा रिल्सलाई लन्च गर्ने तयारी गरेको छ । योसँगै छुट्टै एपको रूपमै अब मेटा शर्ट भिडियो स्पेशमा प्रवेश गर्न खोजेको छ । 

हाल, शर्ट भिडियो प्लेटफर्मको बजारमा टिकटकको प्रभूत्व रहेको छ ।  द इन्फर्मेशनको एक रिपोर्टअनुसार, इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले कम्पनीका कर्मचारीहरूलाई रिल्सका लागि सम्भावित एप परियोजनाबारे जानकारी गराएका छन् ।

प्राप्त जानकारीअनुसार, यसको कोडनेम प्रोजेक्ट रे राखिएको छ । इन्स्टाग्राम रिल्ससँगै, यसले तीन मिनेटसम्मका भिडियोहरू पनि देखाउन सक्ने छ । चर्चा भए अनुसार, स्ट्यान्डअलोन एप टिकटक जस्तै भर्टिकल स्क्रोलिङ अनुभव प्रदान गर्नेछ ।

यो एपमार्फत मेटा स्वामित्वको सामाजिक सञ्जाल प्लेटफर्मले अमेरिकामा नयाँ प्रयोगकर्ताहरूलाई आकर्षित गर्न तथा हालका प्रयोगकर्ताहरूका लागि सिफारिस प्रणाली सुधार गर्न चाहेको दावी गरिएको छ । 

हालसम्म, इन्स्टाग्रामले यी योजनाहरू औपचारिक रूपमा स्वीकार गरेको छैन् । यो विकास त्यस्तो समयमा भएको छ जब टिकटक अमेरिकी नियमहरूको कठोर अनुसन्धानको घेरामा परेको छ ।

प्रारम्भमा, अमेरिकामा यसलाई प्रतिबन्ध लगाइएको थियो, तर पछि सो निर्णय उल्टाइएको थियो । तर, यसलाई केवल ७५ दिनको अवधि (जो अप्रिल ५ मा समाप्त हुँदैछ) को लागि अमेरिकामा सञ्चालन गर्न अनुमति दिइएको थियो ।

यस बीच, रिपोर्टअनुसार, टिकटकको मातृ कम्पनी अहिले नयाँ डोनाल्ड ट्रम्प प्रशासनसँग वार्तामा संलग्न छ । यदि सहमति भएमा, अमेरिकी कम्पनीले टिकटकमा ठूलो हिस्सेदारी लिन सक्छ, जसले गर्दा एप अमेरिकी बजारमा उपलब्ध रहन सक्छ । 

यदि यो योजना सफल भयो भने, यो २०२५ मा इन्स्टाग्रामको दोस्रो नयाँ एप लन्च हुनेछ । यसअघि, गत महिना एडिट्स एप लन्च गरिएको थियो । यो एप क्रिएटर्सलाई इन्स्टाग्रामका बिल्ट–इन टुल्सको तुलनामा बढी सृजनात्मकता र प्रिसिजनका साथ भिडियो सम्पादन गर्न सहयोग गर्छ ।

अहिलेसम्म, एडिट्स एप आईओएस प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध छ । यो मोबाइल भिडियो सम्पादन एप हो, जसमाः​ उच्च–गुणस्तरको भिडियो क्याप्चर गर्ने सुविधा, ड्राफ्टहरू सुरक्षित गर्ने र भिडियोका लागि विशेष ट्याब, क्यामेरा सेटिङहरू जस्तै रिजोल्युसन, फ्रेम दर, र डायनामिक रेन्ज एड्जस्ट गर्ने अप्सन उपलब्ध छन् ।

यदि इन्स्टाग्रामले रिल्स एप ल्ाययो भने टिकटकलाई टक्कर दिने महत्वपूर्ण कदम बन्न सक्ने छ ।