कीवर्डहरू -

एउटा वालेटबाट अर्को वालेटमा पैसा ट्रान्सफर गर्न सकिने सुविधा ल्याउँदै फोनपे

एउटा वालेटबाट अर्को वालेटमा पैसा ट्रान्सफर गर्न सकिने सुविधा ल्याउँदै फोनपे

अब फोनपेले एउटा वालेटबाट अर्को वालेटमा पैसा ट्रान्सफर गर्ने फिचर ल्याउने भएको छ । आउने महिनाभित्रै इन्टर वालेट ट्रान्सफर सुविधा ल्याउने गरी काम गरिरहेको छ । 

फोनपेका सीईओ दिवस सापकोटाले इन्टर वालेट ट्रान्सफर सकिने सुविधा ल्याउने लागेको बताए । 

‘आगामी महिना भित्रमा इन्टर वालेट ट्रान्सफर सुविधा ल्याउने गरी काम गरिरहेका छौं,’ उनले भने, ‘अहिले जसरी एउटा बैंकबाट अर्को बैंकमा पैसा ट्रान्सफर गर्न सकिन्छ । त्यसरी नै फोनपे नेटवर्कद्वारा अर्को वालेटमा पैसा ट्रान्सफर गर्ने सुविधा ल्याउँदै छौं ।’

अहिले इन्टर वालेट ट्रान्सफर सुविधा नहुँदा प्रयोगकर्तालाई धेरै नै अप्ठ्यारो छ । केहीमा यो सुविधा भएपनि त्यो पर्याप्त छैन् । 

त्यसैले इन्टर वालेट ट्रान्सफरलाई प्रवर्द्धन गर्न नयाँ सुविधा ल्याउन लागेको हो । यसका लागि फोनपेले राष्ट्र बैंकको स्वीकृति समेत लिइसकेको छ ।