कीवर्डहरू -

अन्तर्राष्ट्रिय गर्ल्स इन आइसिटी दिवस २०२५: डिजिटल रुपान्तरणमा किशोरीहरूको सहभागिताको सशक्त अभियान

अन्तर्राष्ट्रिय गर्ल्स इन आइसिटी दिवस २०२५: डिजिटल रुपान्तरणमा किशोरीहरूको सहभागिताको सशक्त अभियान

हरेक वर्ष अप्रिल महिनाको चौथो बिहीबार विश्वभर अन्तर्राष्ट्रिय गर्ल्स इन आइसिटी दिवस मनाइन्छ । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयु) को अग्रसरतामा यो वर्ष आज विश्वभर यस दिवस मनाइँदै छ । 

सूचना र सञ्चार प्रविधि (आईसिटी) को क्षेत्रमा केटीहरू र युवा महिलाहरूको महत्त्वलाई उजागर गर्ने र स्टेम (विज्ञान, प्रविधि, इन्जिनियरिङ् र गणित) मा शिक्षा र करिअर पछ्याउन प्रोत्साहित गर्ने उद्देश्यसहित विश्वभर अन्तर्राष्ट्रिय गर्ल्स इन आइसिटी दिवस मनाउँदै आइएको छ ।

यस वर्षको नारा “गल्र्स इन आईसिटी फर इन्क्लुजिभ डिजिटल ट्रान्सफरमेसन” रहेको छ, जसले डिजिटल रुपान्तरणको प्रक्रियामा युवती, किशोरी र केटीहरुलाई —विशेष गरी कमजोर र जोखिममा परेका वर्गहरुलाई समावेशी र समान पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता उजागर गर्छ । प्रविधिमैत्री संसारमा पहुँच मात्र पर्याप्त होइन, अवसरको सुनिश्चितता पनि अत्यावश्यक छ ।

आज शुक्रबार अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) अन्तर्गतको दक्षिण एशियाको लागि क्षेत्रीय कार्यालय तथा नवप्रवर्तन केन्द्र, दिल्लीले नेपाल दूरसञ्चार प्राधिकरणको साझेदारीमा “गल्र्स इन आईसीटी डे इनिसिएटिभ” को उद्घाटन कार्यक्रम २३ मे २०२५ मा काठमाडौंस्थित होटल हिमालयमा आयोजना भईरहेको छ।

कार्यक्रमले १२ देखि २४ वर्षसम्मका केटीहरू, विशेष गरी नेपालका दुर्गम क्षेत्र, विपन्न समुदाय तथा अपाङ्गता भएका युवतीहरूलाई लक्षित गर्दै उनीहरूलाई विज्ञान, प्रविधि, इञ्जिनियरिङ र गणित (स्टेम) अध्ययनप्रति आकर्षित गर्न, डिजिटल सीप विकास गर्न तथा प्रविधिलाई सुरक्षित र प्रभावकारी रूपमा अपनाउन प्रेरित गर्ने लक्ष्य राखिएको छ ।

अन्तर्राष्ट्रिय गर्ल्स इन आइसिटी डेको इतिहास

अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटियूू) द्वारा अप्रिल ८, २०११ मा अन्तर्राष्ट्रिय गर्ल्स इन आईसीटी दिवस घोषणा गरिएको थियो । 

यो दिवस स्थापना भएदेखि नै विश्वभर मनाइँदै आएको छ, जसमा १७१ देशमा ११,४०० भन्दा बढी कार्यक्रम आयोजना गरिएको छ र ३,७७,००० भन्दा बढी केटी तथा महिलाहरूको सहभागिता रहेको छ । 

सरकार, आइसिटी नियामक निकायहरू, व्यवसाय, शैक्षिक संस्था, यूएन एजेन्सी र गैरसरकारी संस्थाहरूको सहकार्यमा मनाइने यस दिवसले विश्वभर केटीहरूलाई आइसिटी बारे सिक्ने, रोल मोडेल र सल्लाहकारहरू भेट्न र उद्योगमा विभिन्न क्यारियर विकल्पहरू खोज्ने अवसर प्रदान गर्दे आएको छ । 

कम्प्युटर र आईसीटीको इतिहास

कम्प्युटर र आईसीटीको इतिहास १९औं शताब्दीको हो, जब अंग्रेजी गणितज्ञ र इन्जिनियर चार्ल्स ब्याबेजले सन् १८२२ मा डिफरेन्स इन्जिन भनिने पहिलो मेकानिकल कम्प्युटरको आविष्कार गरेका थिए । यो मेसिन आधारभूत गणना गर्न र जटिल समस्याहरू समाधान गर्न डिजाइन गरिएको थियो ।

सन् १८३३ मा, ब्याबेजले एनालिटिकल इन्जिनको कल्पना गरे, पहिलो स्वचालित मेकानिकल डिजिटल कम्प्युटर सबै गणनाहरू गर्न र ठूलो मात्रामा डाटा भण्डारण गर्न सक्षम रहेको थियो । यद्यपि, कोषको कमीको कारण, विश्लेषणात्मक इन्जिन उनको जीवनकालमा कहिल्यै बनाइएन ।

एडा लभलेसः संसारको पहिलो कम्प्युटर प्रोग्रामर

सन् १८४३ मा, अगस्टा एडा किंग, काउन्टेस अफ लभलेसले विश्लेषणात्मक इन्जिन र अवस्थित क्यालकुलेटर बीच तुलना चित्रण गर्ने एउटा पेपर प्रकाशित गरेकी थिइन । उनलाई विश्वको पहिलो कम्प्यूटर प्रोग्रामरको रूपमा मानिन्छ, किनकि उनले विश्लेषणात्मक इन्जिनद्वारा प्रयोग गरिएका पंच कार्डहरूमा कमाण्डहरू क्रमबद्ध गरेर पहिलो कम्प्युटर प्रोग्राम लेखेकी थिइन् ।

ईनिआक र ईनिआक गर्ल्स

सन् १९४५ मा, जोन माउचली र ज प्रसपर एकर्ट जुनियरले संयुक्त राज्य अमेरिकामा पहिलो इलेक्ट्रोनिक प्रोग्रामेबल कम्प्यूटर, ईनिआक (इलेक्ट्रोनिक न्यूमेरिकल इन्टिग्रेटर र कम्प्युटर) को निर्माण गर्नका लागि पेन्सिलभेनिया विश्वविद्यालयमा एक परियोजनाको नेतृत्व गरेका थिए ।

ईनिआकको कार्यक्रम छ जना महिलाहरुद्वारा ह्यान्डल गरिएको थियो । ईनिआक गर्ल्स भनेर चिनिने यस आयोजक समूहले अभूतपूर्व उपलब्धिमा मुख्य भूमिका खेलेका थिए । यस समूहले गर्दा महिलाहरु पनि आइसिटीको क्षेत्रमा योगदान पुर्याउन सक्छन् भन्ने जनचेतना फैलिएको थियो ।

कम्प्युटिङमा द्रुत प्रगति

२० औं शताब्दीको मध्यदेखि २१ औं शताब्दीको शुरुवातसम्म, संसारले कम्प्युटर र प्रविधिको विकासमा महत्त्वपूर्ण फड्को मारेको छ । यस अवधिमा ट्रान्जिस्टरको आविष्कार, कोबोल र फोरट्रान जस्ता प्रोग्रामिङ भाषाहरू, युनिक्स अपरेटिङ सिस्टम, फ्लपी डिस्क र इथरनेटको आविष्कार भएको थियो । यस अवधिमा इन्टेल, आईबीएम, एप्पल र माइक्रोसफ्ट जस्ता प्रमुख प्रविधि कम्पनीहरू स्थापना भएका थिए ।

पोर्टेबल कम्प्युटर र मोबाइल फोन

सन् २००० को प्रारम्भमा, पोर्टेबल कम्प्युटरहरू ब्याट्री लाइफ र कम्प्युटिङ स्रोतहरूको प्रगतिका कारणले सामान्य भएको थियो । यो आविष्कारले सेलुलर मोबाइल फोनको विकासका लागि मार्ग खोल्यो, जुन हाम्रो दैनिक जीवनको अभिन्न अंग बनेको छ ।

आईसीटीमा केटीहरूलाई प्रोत्साहित

अन्तर्राष्ट्रिय गल्र्स इन आइसिटी डेको उद्देश्य केटीहरू र युवा महिलाहरूलाई आईसीटीको क्षेत्रमा अवसरहरू खोज्न प्रेरित गर्ने र प्रोत्साहित गर्ने उद्देश्य हो । यस क्षेत्रमा अग्रणी महिलाहरूको उपलब्धिहरू हाइलाइट गरेर स्टेम शिक्षालाई बढावा दिएर, यो दिनले प्रविधिमा महिला नेतृको अर्को पुस्तालाई सशक्त बनाउन प्रयास गर्छ ।