कीवर्डहरू -

आईफोन प्रयोगकर्ताहरूका लागि आइओएसको नयाँ अपडेट, के के छन् सुविधा ?

आईफोन प्रयोगकर्ताहरूका लागि आइओएसको नयाँ अपडेट, के के छन् सुविधा ?

एप्पलले आफ्नो आईफोन प्रयोगकर्ताहरूको लागि आइओएस १७.२ अपडेट जारी गरेको छ । यससँगै आईप्याड प्रयोगकर्ताका लागि आइप्याड ओएस १७.२ अपडेट पनि ल्याएको छ ।

नयाँ सफ्टवेयर अपडेटको साथ, कम्पनीले धेरै नयाँ सुविधाहरू रोल आउट गरेको छ । एप्पल आईओएस १७.२ अपडेटमा कम्पनीले जर्नल एप, एक्सन बटनका लागि ट्रान्सलेट विकल्प, स्पेसियल भिडियो फिचर जस्ता सुविधाहरू प्रस्तुत गरेको छ ।

जर्नल

एप्पलले जर्नल एप अपडेट १७.२ मा प्रस्तुत गरेको छ । यो एपमार्फत प्रयोगकर्ताले आफ्नो दैनिक जीवनसँग सम्बन्धित साना, ठूला र विशेष पलहरू लेख्न सक्नेछन् ।
लेख्ने बाहेक, प्रयोगकर्ताहरूले जर्नल एपमा फोटोहरू र समय तालिका सूचनाहरू थप्ने सुविधा पनि पाउँछन् ।
प्रयोगकर्ताले टच आईडी वा फेस आईडीको साथ जर्नल एप लक गर्न सक्षम हुनेछन् ।

एक्सन बटन

१७.२ अपडेटको साथ, आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याकस प्रयोगकर्ताहरूले एक्सन बटनहरूको लागि ट्रान्सलेट बटन प्राप्त गर्दैछन् । यो सुविधाको साथ, प्रयोगकर्ताहरूले कुनै पनि अनुच्छेद द्रुत रूपमा अनुवाद गर्न सक्षम हुनेछन् ।

क्यामेरा

आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स प्रयोगकर्ताहरूले स्पाटियल भिडियोको सहयोगमा भिडियो खिच्न सक्नेछन् । यस बाहेक नयाँ अपडेटमा टेलिफोटो क्यामेराको फोकस गर्ने गतिमा सुधार गरिएको छ ।

मेसेज

क्याच–अप एरो फिचरले प्रयोगकर्तालाई पहिले नपढिएको सन्देशहरू पहुँच गर्न मद्दत गर्नेछ । यसका लागि तपाईले माथिल्लो दायाँ कुनामा रहेको एरोमा क्लिक गर्न आवश्यक छ ।

आड स्टिकर विकल्पको सहायताले प्रयोगकर्ताहरूले बबलमा स्टिकरहरू थप्न सक्नेछन् । यस्तै मेमोजी अपडेटको साथ, प्रयोगकर्ताहरूले अब मेमोजीको शरीर आकार समायोजन गर्न सुविधा प्राप्त गर्दैछन् ।
कन्ट्याक्ट की भेरिफिकेसनका साथ, प्रयोगकर्ताले स्वचालित अलर्टको सुविधा प्राप्त गर्दैछन् ।

मौसम

नयाँ विजेटको साथ, प्रयोगकर्ताहरूले अब अर्को आउँदो घण्टाको लागि मौसम पूर्वानुमानको सुविधा पाउनेछन् । यस बाहेक प्रयोगकर्ताले दैनिक पूर्वानुमान, सूर्योदय र सूर्यास्त समय र वर्तमान मौसमको जानकारी प्राप्त गर्नेछन् ।