कीवर्डहरू -

आइओएस १७.३ सार्वजनिक, यस्ता छन् नयाँ अपडेट

आइओएस १७.३ सार्वजनिक, यस्ता छन् नयाँ अपडेट

एप्पलले आफ्नो आईफोन प्रयोगकर्ताहरूका लागि आइओएस १७.३ अपडेट सार्वजनिक गरेको छ । यसमा प्रयोगकर्ताका लागि स्टोलेन डिभाइस प्रोटेक्शन फिचर उपलब्ध भएको छ ।

नयाँ अपडेटसँगै प्रयोगकर्ताहरूका लागि रिभ्याम्पेड लक स्क्रिन र कोलाबोरेसन प्लेलिस्टको फिचर पनि एप्पलले ल्याएको छ । एयरप्ले र दुर्घटना पत्ता लगाउने सन्दर्भमा केही सुधार गरिएको छ । 

स्टोलेन डिभाइस प्रोटेक्शन फिचर सेटिङमा गएर अन गर्न सकिन्छ । यसलाई प्रयोग गर्न एप्पल आईडी र आईफोन मात्र फेस वा टच आईडी आवश्यक पर्नेछ । यो फिचरले विशेष गरी आईफोन चोरी भएपनि डेटा अरू कसैको हातमा जानबाट बचाउने विश्वास गरिएको छ । 

यस्तै कोलाबोरेसन प्लेलिस्टबाट साथीहरूलाई आफ्नो प्लेलिस्टमा आमन्त्रित गर्न सकिने छ । यहाँ सबैले गीतहरू थप्न र हटाउन सक्छन् । प्रयोगकर्ताहरूले सहयोगी प्लेलिस्टमा कुनै पनि ट्र्याकमा इमोजी प्रतिक्रियाहरू थप्न सक्ने व्यवस्था गरिएको छ । 

यस बाहेक एयरप्लेमार्फत होटेल सपोर्टले तपाईलाई चयन गरिएका होटलहरूमा इन–रूम टिभीमा सामग्री स्ट्रिम गर्न दिनेछ । 

 नयाँ अपडेट कसरी इन्स्टल गर्ने ?

  • यसका लागि फोनको सेटिङमा जानुपर्नेछ ।
  • त्यहाँ तपाईले सफ्टवेयर अपडेटमा क्लिक गर्नुपर्नेछ ।
  • यसपछि अन स्क्रिन निर्देशनहरू पालना गरेर अपडेट गर्न सकिन्छ ।