कीवर्डहरू -

आईओएस १७.५ सार्वजनिक, यस्ता छन् नयाँ फिचर

आईओएस १७.५ सार्वजनिक, यस्ता छन् नयाँ फिचर

प्रख्यात टेक्नोलोजी कम्पनी एप्पलले लेट–लुज इभेन्टमा आफ्नो पछिल्लो अपडेट अर्थात् आईओएस १७.५ ल्याएको छ ।  कम्पनीले यो अपडेट डेभलपरहरूका साथै सर्वसाधारणका लागि जारी गरेको छ । यो अपडेटले आईफोन प्रयोगकर्ताहरूका लागि केही नयाँ सुविधा र परिवर्तनहरू ल्याएको छ ।

नयाँ सुविधामा, वेब वितरण, डिजाइन परिवर्तन, प्राइड वालपेपर, र मर्मतसम्बन्धी नयाँ अपडेटहरू देख्न सकिन्छ । यदि तपाइँ आईऋोएस १७.५ इन्स्टल गर्न चाहनुहुन्छ भने, तपाइँ आफ्नो डिभाइसको सेटिङ एपमा जानुहोस्, त्यसपछि जेनेरल चयन गर्नुहोस्, त्यसपछि अपडेट इन्स्टल गर्न सफ्टवेयर अपडेट गर्नुहोस् ।

पछिल्लो अपडेटको साथ तपाईंले विकासकर्ताको वेबसाइटबाट सिध अपडेट इन्स्टल गर्न सक्नुहुन्छ । एप्पलले गत महिना यो नयाँ ’वेब डिस्ट्रिब्युसन’ सुविधाको अनावरण ग¥यो, यसले डेभलरपरहरूलाई उनीहरूको वेबसाइटबाट सीधा आईओएस एप वितरण गर्न अनुमति दिन्छ ।

यदि तपाई पनि एप्पल न्यूज+ को सब्सक्राइबर हुनुहुन्छ भने, आईओएस १७.५ अपडेट गरेपछि नयाँ क्वारटाइल्स’ गेम उपलब्ध हुनेछ । खेलले खेलाडीहरूलाई शब्दहरू बनाउन टाइलहरूको ग्रिडबाट चयन गर्न दिन्छ ।

गत वर्ष थपिएको डेली क्रसवर्ड र क्रसवर्ड मिनी–गेम पछि, क्वार्टाइल्स एप्पल न्यूूज+ मा आउने तेस्रो खेल हो ।