कीवर्डहरू -

आईफोनमा आईओएस १७.३ अपडेट आउँदै

आईफोनमा आईओएस १७.३ अपडेट आउँदै

एप्पलले आफ्नो आईफोन प्रयोगकर्ताहरूको लागि आइओएस १७.३ अपडेट रोल आउट गर्ने तयारी गरिरहेको छ । कम्पनीले केही दिन अघि मात्रै आईओएस १७.२ अपडेट ल्याएको थियो । 

सुरक्षाका लागि आईओएस १७.३ मा विशेष गरेर स्टोलन डिभाइस प्रोटेक्सन फिचर उपलब्ध हुनेछ । त्यसले सुरक्षाको लागि नयाँ तह थप गर्नेछ । यदी फोन चोरी भएमा फोनको डेटामा पहुँच पाउन फेसआईडी र पासवर्ड आवश्यक पर्नेछ । यो फिचर प्रयोगकर्ताले सेटिङबाट अन गर्न सक्ने छन् । 

यस बाहेक कोलाबोरेटिभ एप्पल म्युजिक प्लेलिष्ट र नयाँ वालपेपर समेत नयाँ अपडेटमा आउने अनुमान गरिएको छ ।